काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको बैठक आज (आइतबार) बस्दै छ । यसअघि शनिबार पनि माओवादी केन्द्रका पदाधिकारीहरुको बैठक बसेको थियो ।
साउन १७ गतेदेखि सुरु हुने माओवादी केन्द्रको केन्द्रीय समिति बैठकलाई लक्षितग गरेर बसेको शनिबारको पदाधिकारी बैठकमा राजनीतिक प्रतिवेदन र सांगठनिक प्रतिवेदन लगायतका विषयमा छलफल भएको थियो । आइतबार बस्ने बैठकमा केन्द्रीय समितिको अजेन्डा र राजनीतिक र सांगठनिक प्रतिवेदनका विषयमा छलफल हुने नेताहरुले जानकारी दिएका छन् ।
प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष इटाली प्रस्थान गर्नुअघि बसेको पदाधिकारी बैठकमा ती प्रतिवेदनको गृहकार्य गर्न भनिएको थियो । सोही अनुसार शनिबारको बैठकमा लिखित र मौखिक सुझाव प्रस्तुत भएको थियो ।
केन्द्रीय समितिको बैठकअघि स्थायी समिति बैठक बस्ने नेता चक्रपाणी खनालले जानकारी दिए ।


















प्रतिक्रिया