९ चैत्र २०८२, सोमबार | March 23, 2026

बुटवल, नेपालगन्ज लगायतका सिमावर्ती बजारमा फैलियो आँखा पाक्ने रोग, यस्ता छन् बच्ने उपाए



नेपालगन्ज । लुम्बिनी प्रदेशका अधिकाँस स्थानमा अहिले आँखा पाक्ने रोग फैलिएको छ । विशेषगरि तराई क्षेत्रमा आँखा चिलाउने, आँखा रातो हुने, पाक्ने र अत्याधिक दुख्ने समस्या देखिएको छ । आँखामा संक्रमण देखिएपछि बुटवल, नेपालगन्ज लगायतका आँखा अस्पतालहरुमा आँखा पाकेका बिरामीहरुको भिड लागेको छ ।

मौसमको परिवर्तनसँगै फैलिएको भाइरल प्रकोपले नेपाल र भारतको सिमाक्षेत्रमा प्रभावित बनाएको भिजन आँखा अस्पताल नेपालगन्जले जनाएको छ । भिजन आँखा अस्पतालका प्रमुख डाक्टर प्रचण्ड गौतमका अनुसार यो संक्रमणलाई कन्जन्टिभाइटिस भनिन्छ । एडेनो भाइरसले गर्दा आँखाको सेतो भाग माथिको पातलो पत्र कन्जन्टाइभामा हुने संक्रमण नै कन्जन्टिभाइटिस भएको डा. गौतमले बताए । संक्रमणबाट बच्न स्वास्थ्य सावधानी नै मुख्य विषय भएको उनले बताए ।

संक्रमणबाट बच्न र फैलन नदिन आफ्नो हातले आफ्नो आँखा नछुने, आफ्नो हात बारम्बार साबुन पानीले धुने, दैनिक सफा तौलिया प्रयोग गर्ने, हरेक दिन कपडा फेर्न डा. गौतमले सल्लाह दिए । उनले तौलिया वा संक्रमितले प्रयोग गरेको कपडा अरुले प्रयोग नगर्ने, आफ्नो तकिया बारम्बार परिवर्तन गर्ने तथा आँखा कस्मेटिक्स वा व्यक्तिगत आँखा हेरचाह वस्तुहरू साझा नगर्न सबैलाई आग्रह गरे । विशेष गरि स्कुले बालबालिकामा संक्रमण बढी देखिएकाले आँखा पाकेमा स्कुल नपठाउन अभिभावकलाई डां गौतमले आग्रह गरे । संक्रमितले प्रयोग गरेको मोबाइल, कलम, रुमाल जस्ता वस्तुबाट भाइरस अन्यमा सरेपनि नजर मिलाउँदैमा वा हेराहेर गर्दैमा यो संक्रमण नसर्ने उनले बताए ।

अहिले फैलिएको संक्रमणले दृष्टिबिहिन नबनाएपनि आँखाको सेतो भागमा असर पर्ने भएकाले जोखिम भने रहेको चिकित्सकहरुले बताउने गरेका छन् । बढी नै दुख्ने, पोल्ने र चिलाउने गरेमा भने नजिकको आँखा उपचार केन्द्रमा जानु पर्ने डा प्रचण्डले बताए । आँखा पाक्ने समस्या फैलिएपछि बुटवल, नेपालगन्ज लगायतका शहरका आँखा अस्पतालहरुमा बिरामीहरुको चाप बढेको छ ।

प्रकाशित मिति : १४ श्रावण २०८०, आइतबार  ९ : २१ बजे

नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान

काठमाडौं । नबिल बैंक लिमिटेडले ‘ग्लोबल मनी विक’ अभियानअन्तर्गत ११

दुई साताअघि बेपत्ता एक युवकको शव फेला

बर्दिया । दुई साताअघि बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न जाँदा

इरानसँग वार्ता भएको ट्रम्पको दाबीलाई इरानद्वारा अस्वीकार

काठमाडौँ । इरानसँगको युद्ध अन्त्य गर्न सकारात्मक वार्ता भएको खुलासा

एमालेद्वारा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन निर्देशन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले गत फागुन २१ गते

तिनाउ खोलामा बेपत्ता २ भारतीय किशोर मृत अवस्थामा फेला परे

पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका–३ स्थित तिनाउ खोलामा डुबेर बेपत्ता