४ जेष्ठ २०८१, शुक्रबार | May 17, 2024

बाँकेमा यस वर्ष मलको अभाव नहुने



नेपालगन्ज । बाँकेमा यस वर्ष रासायनिक मलको अभाव नहुने दाबी गरिएको छ । हरेक वर्ष मल अभावका कारण चोरी पैठारी गर्न बाध्य हुँदै आएका बाँकेका किसानहरु मल अभाव नहुने खबरले खुसी देखिएका छन् । यस वर्ष मल पर्याप्त मात्रामा मौज्दात रहेकोले अभाव नहुने कृषि सामग्री कम्पनी लिमिटेड नेपालगन्जले दाबी गरेको छ ।

बाँकेमा अहिले ७० मेट्रिक टन युरिया, २५ मेट्रिक टन डिएपी र ६० मेट्रिक टन पोटास गरेर १२५ मेट्रिक टन मल मौज्दातमा रहेको कृषि सामग्री कम्पनी लिमिटेड नेपालगन्जका प्रमुख रमेश पौडेलले बताए ।

मल लिन आउने किसानले यस पटक मल नपाएको गुनासो हालसम्म नगरेको पौडेलले बताए । उनले गत आर्थिक वर्ष २०७९र०८० मा चार हजार १२५ मेट्रिक टन मल वितरण गरिएकोले पनि यस वर्ष अभाव नहुने बताए । उनले आर्थिक वर्ष २०७९र०८० मा एक सय ७ वटा सहकारीमार्फत् एक हजार ४५८ मेट्रिक टन डिएपी, दुई हजार ५५० मेट्रिक टन युरिया र ११७ टन पोटास वितरण गरिएको जानकारी दिए ।

प्रमुख पौडेलले अझै थप मल पनि आउने प्रक्रियामा रहेको र केही दिनमै आइसक्ने पनि जानकारी दिए । अघिल्लो वर्षको तुलनामा झण्डै २५ प्रतिशत बढी मल प्राप्त भएका कारण पनि मल अभाव नदेखिएको उनले बताए । वितरण प्रणालीलाई कम्पनीको तर्फबाट अनुगमन गरिँदै आएपनि मुख्यरुपमा अनुगमनको जिम्मेवारी स्थानीय तहलाई भएको उनले बताए ।

दुर्गममा रहेको नरैनापुर लगायत केही पालिकमा समस्या रहेको गुनासो आएकोले अनुगमन र ब्यवस्थापनमा ध्यान दिइएको कम्पनीले जनाएको छ । मल नपाएको वा दुरुपयोग भएका गुनासा पालिकामार्फत् वा स्वयम् प्रमाणसहित आएमा आवश्यक कारबाही गरिने पौडेलले प्रतिबद्धता जनाए । प्रमाण भेटिएको अवस्थामा डिलर खारेज गर्नेसम्मको कारबाही गरिने पनि उनले बताए ।

जिल्लामा मलको समानरुपमा वितरण गर्ने उदेश्यले फरक फरक स्थाननमा मलको भण्डारण गरिएको छ । गत वर्षभन्दा यस वर्ष बाँकेमा रासायनिक मल सहज रुपमा उपलब्ध भएपनि वितरणको जिम्मा लिएका केही सहकारीहरुले कृतिम अभाव बनाउन खोजेको बाँकेका किसानहरुको गुनासो छ ।

मल वितरणमा दुरुपयोग रोक्न वितरणको जिम्मा पाएको सहकारी र स्थानीय तहले नियमनलाई कडाइका साथ लागु गर्नुपर्ने कृषि सामग्री कम्पनीका प्रमुख पौडेलले बताए । सूचिकरणमा परेका सहकारी संस्थालाई साल्ट टे«डिङ र कृषि सामग्री कम्पनी लिमिटेडमार्फत मल उपलब्ध गराइने गरिएको छ ।

प्रकाशित मिति : १६ श्रावण २०८०, मंगलबार  ११ : ३७ बजे

मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना

बुटवल । बुटवल उपमहानगरपालिकाले २ वटा मासुपसललाई जरिवाना गरेको छ

राष्ट्रसङ्घद्वारा विश्वव्यापी आर्थिक दृष्टिकोण सार्वजनिक

सिन्ह्वा । संयुक्त राज्य अमेरिका र ठूला उदीयमान अर्थव्यवस्थाहरूको बलियो

इन्टरपोलबाट रेड नोटिस जारी भएका दुई फरार युएईबाट पक्राउ

काठमाडौं ।  ज्यान सम्बन्धी कसूर मुद्दा र विद्युतीय कारोवार कसूर

गर्मी बढेकोबढ्यै अधिकतम तापक्रम ४० डिग्रीमाथि

काठमाडौं । नेपालमा मनसुन गतिविधि सक्रिय हुनुपूर्व निरन्तर गर्मी बढिरहेको

शुक्लाफाँटामा कृष्णसारको सङ्ख्या वृद्धि

कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हिरापुरफाँटामा संरक्षित कृष्णसारको सङ्ख्यामा वृद्धि