१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

बाँकेमा यस वर्ष मलको अभाव नहुने



नेपालगन्ज । बाँकेमा यस वर्ष रासायनिक मलको अभाव नहुने दाबी गरिएको छ । हरेक वर्ष मल अभावका कारण चोरी पैठारी गर्न बाध्य हुँदै आएका बाँकेका किसानहरु मल अभाव नहुने खबरले खुसी देखिएका छन् । यस वर्ष मल पर्याप्त मात्रामा मौज्दात रहेकोले अभाव नहुने कृषि सामग्री कम्पनी लिमिटेड नेपालगन्जले दाबी गरेको छ ।

बाँकेमा अहिले ७० मेट्रिक टन युरिया, २५ मेट्रिक टन डिएपी र ६० मेट्रिक टन पोटास गरेर १२५ मेट्रिक टन मल मौज्दातमा रहेको कृषि सामग्री कम्पनी लिमिटेड नेपालगन्जका प्रमुख रमेश पौडेलले बताए ।

मल लिन आउने किसानले यस पटक मल नपाएको गुनासो हालसम्म नगरेको पौडेलले बताए । उनले गत आर्थिक वर्ष २०७९र०८० मा चार हजार १२५ मेट्रिक टन मल वितरण गरिएकोले पनि यस वर्ष अभाव नहुने बताए । उनले आर्थिक वर्ष २०७९र०८० मा एक सय ७ वटा सहकारीमार्फत् एक हजार ४५८ मेट्रिक टन डिएपी, दुई हजार ५५० मेट्रिक टन युरिया र ११७ टन पोटास वितरण गरिएको जानकारी दिए ।

प्रमुख पौडेलले अझै थप मल पनि आउने प्रक्रियामा रहेको र केही दिनमै आइसक्ने पनि जानकारी दिए । अघिल्लो वर्षको तुलनामा झण्डै २५ प्रतिशत बढी मल प्राप्त भएका कारण पनि मल अभाव नदेखिएको उनले बताए । वितरण प्रणालीलाई कम्पनीको तर्फबाट अनुगमन गरिँदै आएपनि मुख्यरुपमा अनुगमनको जिम्मेवारी स्थानीय तहलाई भएको उनले बताए ।

दुर्गममा रहेको नरैनापुर लगायत केही पालिकमा समस्या रहेको गुनासो आएकोले अनुगमन र ब्यवस्थापनमा ध्यान दिइएको कम्पनीले जनाएको छ । मल नपाएको वा दुरुपयोग भएका गुनासा पालिकामार्फत् वा स्वयम् प्रमाणसहित आएमा आवश्यक कारबाही गरिने पौडेलले प्रतिबद्धता जनाए । प्रमाण भेटिएको अवस्थामा डिलर खारेज गर्नेसम्मको कारबाही गरिने पनि उनले बताए ।

जिल्लामा मलको समानरुपमा वितरण गर्ने उदेश्यले फरक फरक स्थाननमा मलको भण्डारण गरिएको छ । गत वर्षभन्दा यस वर्ष बाँकेमा रासायनिक मल सहज रुपमा उपलब्ध भएपनि वितरणको जिम्मा लिएका केही सहकारीहरुले कृतिम अभाव बनाउन खोजेको बाँकेका किसानहरुको गुनासो छ ।

मल वितरणमा दुरुपयोग रोक्न वितरणको जिम्मा पाएको सहकारी र स्थानीय तहले नियमनलाई कडाइका साथ लागु गर्नुपर्ने कृषि सामग्री कम्पनीका प्रमुख पौडेलले बताए । सूचिकरणमा परेका सहकारी संस्थालाई साल्ट टे«डिङ र कृषि सामग्री कम्पनी लिमिटेडमार्फत मल उपलब्ध गराइने गरिएको छ ।

प्रकाशित मिति : १६ श्रावण २०८०, मंगलबार  ११ : ३७ बजे

‘पुँजीगत खर्च बढाउँदा अर्थतन्त्र चलायमान हुन्छ’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले पुँजीगत

निर्वाचन परिणाम ‘सुनामी’ मात्रै थियो, कार्यकर्ता रक्षात्मक नबन्नु : माधव नेपाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सह–संयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार

विद्युत् उपभोगमा भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग

काठमाडौं । पूर्वऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले

आर्थिक रुपान्तरणको मुख्य आधार ऊर्जा र सिँचाइलाई बजेटमा उच्च प्राथमिकता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रलाई विशेष

स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड अस्पताल भर्ना, निमोनियाको आशंका

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’