१२ जेष्ठ २०८३, मंगलबार | May 26, 2026

उडान सुरक्षासम्बन्धी व्यवस्थामा कडाइ गर्दै प्राधिकरण



काठमाडौं । मुलुकको हवाई सुरक्षा अभिवृद्धिका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले उडान सुरक्षासम्बन्धी व्यवस्थामा कडाइ गर्ने भएको छ । यसका लागि प्राधिकरणको उड्डयन सेवा निर्देशनालयले मनसुनको समयमा हवाई उडान सुरक्षा सर्तकता अपनाउने लगायत विविध उड्डयन सेवा सुधार र कार्यप्रणालीको योजना ल्याएको हो ।

निर्देशनालयका उपमहानिर्देशक प्रेमनाथ ठाकुरको उपस्थितिमा प्राधिकरणकै उड्डायन तथा हवाई सुरक्षा नियमन निर्देशनालयका उपमहानिर्देशक नविना कर्माचार्यलगायत विभागीय प्रमुखहरुको बैठकले उडान सुरक्षासम्बन्धी व्यवस्था कडाइका साथ लागू गर्ने निष्कर्ष निकालेको छ ।

नागरिक उड्डयन नियमावली २०५८ को व्यवस्था कडाइका साथ लागू गर्न उड्डयन तथा हवाई सुरक्षा नियमन निर्देशनालयमार्फत सञ्चालनमा रहेका विभिन्न एयरलाइन्सलाई पत्राचार गर्ने निर्णय गरियो गरिएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार हवाई यातायात विभागले उडान तालिका स्वीकृत गर्दा उडान हुने विमानस्थलको अपरेशन वायुसेवा कम्पनीको उडान तालिका स्वीकृत गर्ने निर्णय भएको छ ।

त्यस्तै आन्तरिक विमानस्थल तथा व्यवस्थापन निर्देशिका, २०७९ मा विभिन्न विमानस्थलमा निर्धारण गरिएको ‘अपरेशन आवरको’ समय भन्दा अघिपछि विशेष गरी जुलाई, अगष्ट र सेप्टेम्बरसम्म अतिरिक्त समय उडान सञ्चालन गर्न अनुमति नदिने निर्णय गरिएको छ ।

आन्तरिक विमानस्थलले ‘अपरेशन आवर’भित्र बसी अपरेशनसम्बन्धी कार्य मौसम चुस्त रुपमा गरेरनगरेको अनुगमन गर्ने कार्य आन्तरिक विमानस्थलले गर्ने जनाइएको छ । उल्लेखित निर्णय प्राधिकरणका महानिर्देशकबाट स्वीकृत गराई कार्यान्वयनमा ल्याइने प्राधिकरणको भनाइ छ ।

प्रकाशित मिति : १६ श्रावण २०८०, मंगलबार  ४ : ४३ बजे

यार्चागुम्बा सङ्कलन गर्न १३८ जनाले लिए अनुमतिपत्र

दार्चुला । दार्चुलाको हिमाली क्षेत्रमा पाइने बहुमूल्य जुडिबुटी यार्चागुम्बा सङ्कलनका

मणिमुकुन्द सेन पार्कमा ठडियो बिसे नगर्चीको सालिक

बुटवल । बुटवल – २ फुलबारीस्थित मणिमुकुन्द सेन पार्कमा बडामहाराज

सर्वोच्चको आदेश : ‘देउवा दम्पत्तिलाई पक्राउ नगर्नु’

काठमाडौँ । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर

शिक्षामन्त्री पोखरेलसँग राजदूतहरुको शिष्टाचार भेट

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग युरोपेली सङ्घ (इयू)

क्यानद्वारा खेलाडी वर्गीकरण सार्वजनिक – रोहित, दीपेन्द्र, सन्दीप ‘ए प्लस’मा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले सन् २०२६ का लागि