२१ माघ २०८२, बुधबार | February 4, 2026

१ साताको रस्साकस्सिपछि प्रखर परोपकार मिशन नेपालमा नयाँ नेतृत्व, महिलाको उपस्थिती शुन्य



खजुरा । पश्चिम नेपालको एक मात्र क्यान्सर अस्पताल सुशिल कोइराला प्रखर क्यान्सर अस्पतालको मातृसंस्था प्रखर परोपकार मिशन नेपालको साधारणसभाले सर्व सम्मत नयाँ नेतृत्व चयन गरेको छ । अस्पताल संचालन भएसँगै झण्डै ७ वर्ष निश्क्रिय पारिएको संस्थाको ११ औ साधारणसभाले स्थानीय महेन्द्र मल्लको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो ।

७ दिनको रस्साकस्सिकाबीच आज स्थानीयस्तरका दलका नेताहरुको बैठकले भागवण्डाका आधारमा सर्वसम्मत कार्यसमिति चयन गरेको हो । अध्यक्षमा नेपाली कांग्रेसबाट साधारण सदस्यबाट निस्काशनको कारवाहीमा परेका महेन्द्र मल्ललाई चयन गरिएको छ । एमालेको समर्थनमा एकल उम्मेदवार घोषणा गरेर मल्ल प्रचारमा निस्केपछि अन्तिममा आएर माओवादी र कांग्रेसका स्थानीय नेताहरुले पनि मल्ललाई समर्थन गरेपछि उनी सर्वसम्मत अध्यक्ष बनेका हुन् । त्यस अघि कांग्रेस र माओवादीको गठबन्धनबाट राजेन्द्र आचार्यलाई उम्मेदवार बनाउने घोषणा गरिएको थियो ।

साधारण सदस्यहरुबाट ७ वर्ष संस्थालाई निश्क्रिय बनाउने पुरानो कार्यसमितिलाई विश्वास गर्ने सम्भावना नदेखिएपछि नयाँ विकल्प खोजिएको मिशन नेपालका एक सदस्यले बताए । ‘अस्पताल बनाउने ठुलो जिम्मेवारी पुरा गरेपनि त्यस यता अस्पताल बनाउने संस्थालाई नै मृत्युशैयामा पु¥याउनेहरुलाई पुनः निर्वाचित गर्न सदस्यहरु तयार देखिएनन्, त्यसैले नयाँ ब्यक्तिहरु नेतृत्वमा आए ।’ उनले भने ।

एक कार्यकाल नेतृत्वमा आउन चाहेका निवर्तमान अध्यक्ष किस्मत कुमार कक्षपतीले वातावरण सहज नदेखिएपछि आफु पछि हटेर मल्ललाई अगाडी सारेका थिए । एमालेको समर्थनमा मल्ल उम्मेदवार बन्ने पक्का भएसँगै कांग्रेस माओवादी गठबन्धन पछि हटेर सर्वसम्मतको खोजिमा लागेको थियो । कांग्रेसले कारवाही गरेको मल्लको पक्षमा पार्टीका सहमहामन्त्री एवं बाँकेका प्रतिनिधिसभा सदस्य किशोर सिंह राठौरको ‘ग्रीन सिग्नल’ आएपछि कांग्रेसको तर्फबाट उम्मेदवारको प्रस्ताव गरिएका राजेन्द्र आचार्य पछाडी हटेको खजुराकै एक कांग्रेस कार्यकर्ताले बताए ।

भागवण्डाका आधारमा चयन गरिएको कार्यसमितिमा एमालेको भागमा परेको बरिष्ठ उपाध्यक्षमा स्वास्थ्यकर्मी सुदीप पौडेल, उपाध्यक्षमा माओवादीबाट शेरबहादुर बुढा, महासचिवमा ईन्जिनियर विवेक लामिछाने, कोषाध्यक्षमा कांग्रेसबाट युवा नेता तारामणी अधिकारी, सचिवमा माओवादीबाट लेखनाथ सापकोटा, सहकोषध्यक्षमा कांग्रेसबाट जिवनाथ सापकोटा सर्वसम्मत चयन भएका छन् । महासचिवमा अर्का स्वास्थ्यकर्मी लक्ष्मण कंडेलले उम्मेदवारी दिएपनि दलहरुले दवाव दिएर उनका समर्थक र प्रस्तावकलाई उम्मेदवारी फिर्ता लिन लगाईएको कंडेलले गुनासो गरे ।

सदस्यहरुमा वरिष्ठ पत्रकार पूर्णलाल चुके, रामचरण बीसी, बालकृष्ण लामिछाने, विकास सापकोटा, अब्दुल कादिर शेख, दीपक ढकाल र होमनाथ पौडेल चयन भएका छन् । सभामा लैङ्गीक समानताका लागि महिला आउनु पर्ने आवाज उठेपनि दलका नेताहरुले महिलाको नामा सिफारिस गर्न सकेनन् ।

प्रखर परोपकार मिशनकै अभियानमा खजुरामा महायज्ञ गर्दै सन्त दीनदयाल महाराजको संकल्पमा क्यान्सर अस्पताल निर्माण भएको थियो । अस्पताल संस्थाबाट संचालन गर्न जटिल देखिएपछि २०७२ सालमा संघीय सरकारले संचालन गर्ने गरि अस्पताल सरकारलाई हस्तान्तरण गरिएको थियो । गठन आदेशबाट हस्तान्तरण गरिएको अस्पताल विकास समितिमा मिशन नेपालबाट ३ जना पदेन सदस्य रहने ब्यवस्था रहेको छ ।

गत साउन ८ गते अस्पतालका प्रेरक ब्यक्तित्व भारतीय महामण्डलेश्वर प्रखरजी महाराजबाट ११ औं साधारणसभाको उदघाटन भएको थियो ।

 

प्रकाशित मिति : १६ श्रावण २०८०, मंगलबार  ६ : ५५ बजे

भिरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु

बैतडी । बैतडीमा एक जना निर्वाचन प्रहरीको भिरबाट लडेर मृत्युु

स्वास्थ्य बिमा समस्या समाधानको प्रयासमा प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्य बिमा समस्या समाधानको प्रयास

राष्ट्रपति पौडेल जापानबाट स्वदेश फर्किँदै

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल जापानको चारदिने औपचारिक भ्रमण पूरा

समृद्ध रुपन्देहीका लागि भौतिक विकास, शिक्षा र स्वास्थ्य प्राथमिकता : उम्मेदवार ई. पाण्डे

बुटवल । उज्यालो नेपाल पार्टीबाट रुपन्देही क्षेत्र नम्बर-२ का उम्मेदवार

आचारसंहिता उल्लङ्घन नगर्न कञ्चनपुर प्रशासनको आग्रह

कञ्चनपुर । जिल्ला प्रशासन कार्यालयले निर्वाचन आचारसंहिता उल्लङ्घन नगर्न राजनीतिक