२४ चैत्र २०८२, मंगलबार | April 7, 2026

चन्द्रागिरी हिल्सले मनायो १४ औँ वार्षिकोत्सव



काठमाडौ। चन्द्रागिरी हिल्सले १४ औँ वार्षिकोत्सव मनाएको छ।

कम्पनीको व्यवस्थापक समूहले आयोजना गरेको वार्षिकोत्सवमा कम्पनीका अध्यक्ष हेमराज ढकालको अध्यक्षता एवं सञ्चालक समितिका सदस्यहरुको मुख्य आतिथ्यतामा एकदिने कार्यक्रम सञ्चालन गरिएको थियो। समारोहमा कम्पनीका तर्फबाट आयोजना गरिएका विभिन्न ६ वटा विधामध्येबाट उत्कृष्ट हुने विजेता तथा उपविजेतालाई कम्पनीका अध्यक्ष ढकालको हातबाट प्रमाणपत्र तथा ट्रफी वितरण गरी हौसला प्रदान गरिएको थियो।

सोही अवसरमा कम्पनीमा ५ वर्ष सेवा अवधि पुगेका र यस वर्षको अवधिभरिमा सबैभन्दा राम्रो उत्कृष्ट कार्य गरी उदाहरणीय बन्न सफल भएका ४ जान कर्मचारीलाई अध्यक्ष ढकालका तर्फबाट प्रमाणपत्र, चाँदीको लकेट, एक रातका लागि परिवारसहित निःशुल्क रिसोर्ट बस्ने भौचर कुपनसमेत प्रदान गरिएको थियो।

कम्पनीमा कार्यरत एक्जुकेटिभ तहका दुईजना कर्मचारीहरुलाई तोकिएको आफ्नो जिम्मेवारीअनुसारको काम गर्न सफल भएका प्रमाणपत्र तथा घरमा प्रयोग हुने खालको उपहार दिई अध्यक्ष ढकालबाट सम्मान गरिएको थियो।

कम्पनी सचिव झलकराज शर्माबाट सञ्चालन गरिएको कार्यक्रममा कम्पनीका महाप्रबन्धकबाट स्वागत मन्तव्य दिनुका साथै सञ्चालक समितिका सदस्यहरुका तर्फबाट शुभकामना मन्तव्य दिने काम गरिएको थियो।

कम्पनीका अध्यक्ष ढकालबाट उपस्थित सम्पूर्ण कर्मचारीलाई शुभकामना दिँदै पर्यटकीय गन्तव्यस्थलका रुपमा रहेको चन्द्रागिरीमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई पहिलो रोजाइको स्थल हुने गरी सेवा प्रदान अनुरोध गरे। उनले कम्पनीमा कार्यरत कर्मचारीले कम्पनीबाट दिइएको जिम्मेवारी पूर्ण रुपमा पालना हुने नै छ भन्ने विश्वासका साथ कम्पनीको उत्तरोत्तर प्रगतिको शुभकामना दिए।

कार्यक्रमको अन्त्यमा विभिन्न किसिमको साँस्कृतिक कार्यक्रम सञ्चालन गरी मनोरञ्जन प्रदान गरिएको थियो।

 

प्रकाशित मिति : १६ श्रावण २०८०, मंगलबार  ८ : ५६ बजे

बाल सुधार गृहमा रहेका बालबिज्याईकर्ताहरुलाई खेलकुद सामाग्री

नेपालगन्ज । विश्व खेलकुद दिवसको अवसरमा जयन्दू बाल सुधार गृहलाई

विशिष्ट पदाधिकारी र सरकारी कर्मचारीको इन्धन सुविधा घटाइयो

काठमाडौँ । सरकारले सार्वजनिक खर्च नियन्त्रण र इन्धन सङ्कट व्यवस्थापन

काठमाडौँसहित देशका विभिन्न क्षेत्रमा वर्षा, बुधवार धेरै स्थानमा वर्षा हुने

काठमाडौँ । पश्चिमी न्यून चापिय प्रणाली र स्थानीय वायुको प्रभावका

लुम्बिनी प्रदेशका सांसदसँग प्रधानमन्त्री, विकासदेखि सुशासनसम्मका एजेण्डामा जोड

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले लुम्बिनी प्रदेशबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूसँग

सबै मन्त्रालयले बुझाए सुधारका कार्ययोजना, प्रधानमन्त्री कार्यालयले नियमित अनुगमन गर्ने

काठमाडौँ । सरकारका सबै मन्त्रालय र मातहतका निकायले सात दिनभित्रै