३० फाल्गुन २०८२, शनिबार | March 15, 2026

सम्पर्क समाजको स्थापना दिवसमा रक्तदान कार्यक्रम सम्पन्न, ५५ वर्षीय श्रेष्ठले गरे पहिलो पटक रक्तदान



बुटवल । स्याङ्जा कारिकोट चण्डी भञ्ज्याङ सम्पर्क समाज रुपन्देहीले स्थापना दिवसको अवसरमा बुटवलमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

समाजले आफ्नो पहिलो स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको कार्यक्रम संयोजक पिताम्बर शर्माले जानकारी दिए । सामाजिक उत्तरदायित्व अनुसार आयोजना गरिएको रक्तदानमा २५ युनिट रगत संकलन भएको थियो ।


रक्तदान कार्यक्रममा बोल्दै नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहान क्षेत्रीले समाजको स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम जस्तो महान कार्यक्रमको आयोजना गरेकोमा समाजलाइ धन्यवाद दिदै आउने दिनहरुमा पनि यो कार्यक्रम निरन्तरता दिन आग्रह गरे ।

नेपाल रक्तदाता संघका केन्द्रीय अध्यक्ष दया सिलवालले बजारमा डेंगुको बिरामीहरु बढेका कारण रगतको माग उच्च भएको बेला रक्तदान कार्यक्रम आयोजना गरेकोमा धन्यवाद व्यक्त गरे ।

कार्यक्रममा समाजका सल्लाहकारहरु शेषकान्त पाण्डेय, नैन सिंह राना, पुरुषोत्तम पाण्डेय, क्या.यम बहादुर सोमै, कुशानन्द न्यौपाने धनश्याम पाण्डेय, दिनेश कुमार श्रेष्ठ, टोपलाल कोइराला, मेघ प्रसाद श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।

रक्त सञ्चार केन्द्र बुटवलको प्राविधिक सहयोगमा भएको कार्यक्रममा समाजका अध्यक्ष सालिकराम पाण्डेयको अध्यक्षता, उपाध्यक्ष केशव राज कोइरालाको स्वागत मन्तव्य र समाजका सचिव इन्द्र प्रसाद पाण्डेयको संचालनमा सम्पन्न भएको थियो । कार्यक्रममा ५५ वर्षीय मेघ प्रसाद श्रेष्ठले पहिलो पटक रक्तदान गरेका थिए ।

प्रकाशित मिति : १७ श्रावण २०८०, बुधबार  ११ : ३० बजे

मनकामना माइक्रोबस दुर्घटनाः थप एकको मृत्यु, आठ जना घाइते

गोरखा । गोरखाको सहिदलखन गाउँपालिका–३ कानटारमा विद्युतीय माइक्रोबस दुर्घटनामा मृत्यु

बाँकेमै पहिलो पटक ‘खजुरा नाइट फुटबल’ सुरु

खजुरा । बाँकेको खजुरामा बाँके जिल्लामै पहिलो पटक रात्रीकालीन फुटबल

‘नेपालमा लगानी बढाउन सरकार, एनआरएनए र निजी क्षेत्रबीच सहकार्य आवश्यक’

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को १२औँ विश्व सम्मेलनमा

मनकामना दर्शन गरेर फर्किंदै गरेको माइक्रोबस दुर्घटना हुँदा छ जनाको मृत्यु

गोरखा । यहाँको मनकामना मन्दिर दर्शन गरेर फर्किंदै गरेको यात्रुवाहक

दुई दिनदेखि हराएका युवकको शव फेला

कालीकोट । बिहीबारदेखि हराएका नरहरिनाथ गाउँपालिका-३ का २२ वर्षीय राजेन्द्र