२५ मंसिर २०८२, बिहिबार | December 11, 2025

सम्पर्क समाजको स्थापना दिवसमा रक्तदान कार्यक्रम सम्पन्न, ५५ वर्षीय श्रेष्ठले गरे पहिलो पटक रक्तदान



बुटवल । स्याङ्जा कारिकोट चण्डी भञ्ज्याङ सम्पर्क समाज रुपन्देहीले स्थापना दिवसको अवसरमा बुटवलमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

समाजले आफ्नो पहिलो स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको कार्यक्रम संयोजक पिताम्बर शर्माले जानकारी दिए । सामाजिक उत्तरदायित्व अनुसार आयोजना गरिएको रक्तदानमा २५ युनिट रगत संकलन भएको थियो ।


रक्तदान कार्यक्रममा बोल्दै नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहान क्षेत्रीले समाजको स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम जस्तो महान कार्यक्रमको आयोजना गरेकोमा समाजलाइ धन्यवाद दिदै आउने दिनहरुमा पनि यो कार्यक्रम निरन्तरता दिन आग्रह गरे ।

नेपाल रक्तदाता संघका केन्द्रीय अध्यक्ष दया सिलवालले बजारमा डेंगुको बिरामीहरु बढेका कारण रगतको माग उच्च भएको बेला रक्तदान कार्यक्रम आयोजना गरेकोमा धन्यवाद व्यक्त गरे ।

कार्यक्रममा समाजका सल्लाहकारहरु शेषकान्त पाण्डेय, नैन सिंह राना, पुरुषोत्तम पाण्डेय, क्या.यम बहादुर सोमै, कुशानन्द न्यौपाने धनश्याम पाण्डेय, दिनेश कुमार श्रेष्ठ, टोपलाल कोइराला, मेघ प्रसाद श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।

रक्त सञ्चार केन्द्र बुटवलको प्राविधिक सहयोगमा भएको कार्यक्रममा समाजका अध्यक्ष सालिकराम पाण्डेयको अध्यक्षता, उपाध्यक्ष केशव राज कोइरालाको स्वागत मन्तव्य र समाजका सचिव इन्द्र प्रसाद पाण्डेयको संचालनमा सम्पन्न भएको थियो । कार्यक्रममा ५५ वर्षीय मेघ प्रसाद श्रेष्ठले पहिलो पटक रक्तदान गरेका थिए ।

प्रकाशित मिति : १७ श्रावण २०८०, बुधबार  ११ : ३० बजे

जनक शिक्षाको खजुरा छापाखानामा चोरहरुको रजाँई, झ्याल ढोकाको चौकोस समेत चोरियो

खजुरा । लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा पाठ्यपुस्तक सहज पुर्‍याउन

रहेनन् मूर्तिकार बालकृष्ण तुलाधर

काठमाडौं । मूर्धन्य मूर्तिकार बालकृष्ण तुलाधरको ९१ वर्षको उमेरमा आज

नक्कली नोटसहित एक जना पक्राउ

काठमाडौं । सर्लाहीको विष्णु गाउँपालिका-६ बाट नेपाली एक हजार दरका

समानुपातिकतर्फ आवेदन दिएका दलले आज नाम फिर्ता लिनसक्ने

काठमाडौं । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन दल

पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जेनजी प्रदर्शनका क्रममा आगजनी र