२५ मंसिर २०८२, बिहिबार | December 12, 2025

चितुवाको आक्रमणबाट घाइते निलगाई बचाउने पशु चिकित्सकको प्रयास असफल



नेपालगन्ज । बाँकेमा चितुवाको आक्रमण परी घाइते भएको एक नीलगाईलाई बचाउन पशु चिकित्सकहरु असफल भएका छन् । चितुवाको आक्रमणमा परी घाइते भएको नीलगाईलाई उपचारको सबै उपाय अपनाईएपनि बचाउन नसकिएको राप्ती सब डिभिजन वन कार्यालय मेहमानपुरका फरेष्टर सन्तोष खत्रीले जानकारी दिएका छन् ।

खत्रीका अनुसार राप्ती सोनारी गाउँपालिका वडा ५, ढलैयास्थित राप्ती सब डिभिजन वन कार्यालय अन्तर्गत राप्ती पीडित तथा गुलरी सामुदायिक वन उपभोक्ता समूहको ब्लक नं. ५ मा चितुवाले आक्रमण गरी घाइते भएको अवस्थामा सो नीलगाई भेटिएको थियो । उनका अनुसार मंगलवार दिउँसोबाट उक्त नीलगाईको उद्धार गरी उपचार शुरु गरिएको थियो ।

आक्रमणमा परी घाइते भएको सो नीलगाईको जङ्गलमै पुगेर समूहका पदाधिकारी, एकीकृत भूपरिधि व्यवस्थापन आयोजनाका प्रतिनिधि तथा वन कर्मचारीको टोलीले प्रारम्भीक उपचार शुरु गरेको र तत्पश्चात् उक्त नीलगाईलाई उद्धार गरी राप्ती सब डिभिजन वन कार्यालयमा पुर्याई पशु भेटेरिनरी चिकित्सक सम्म पु¥याईएको थियो । चिकित्सकले थप उपचार गर्ने क्रममा नीलगाई मरेको खत्रीले बताए ।

नीलगाईलाई सब डिभिजन वन कार्यालयको परिसरमा नियमानुसार प्रक्रिया पुर्याई खाडल खनी गाडिएको उनले जानकारी दिए ।

प्रकाशित मिति : १७ श्रावण २०८०, बुधबार  ३ : २५ बजे

पाल्पामा ज्येष्ठ नागरिक स्कुल सञ्चालन

पाल्पा । यहाँको रामपुर नगरपालिका–५, स्थित रामघाटमा ज्येष्ठ नागरिक स्कुल

‘पार्टीमा विद्यमान व्यक्तिवादी चिन्तन अन्त्य गर्न नयाँ नेतृत्व आवश्यक’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले ११औँ राष्ट्रिय महाधिवेशनबाट पार्टीलाई

प्रधानमन्त्रीसमक्ष जेनजी आन्दोलनको क्षतिसम्बन्धी प्रतिवेदन पेस

काठमाडौँ । जेनजी आन्दोलनमा भएको क्षतिको मूल्याङ्कन तथा सार्वजनिक संरचनाको

चुनाव हुन्छ, सही र सक्षम नेतृत्व छनोट गरौं : मन्त्री घिसिङ

वीरगन्ज । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात