२० मंसिर २०८२, शनिबार | December 6, 2025

ईसेवा मनि ट्रान्स्फर र ट्र्याङ्ग्लो वीच रेमिट्यान्स भुक्तानी सम्झौता



काठमाडौ । इसेवा मनि ट्रान्स्फरको रेमिट्यान्स सेवा ट्र्याङ्ग्लोबाट पनि सुरु भएको छ।

स्थापना भएको तीन बर्षकै अन्तरालमा रेमिट्यान्स क्षेत्रमा निकै ठुलो फड्को मारेको इसेवा मनि ट्रान्स्फर परम्परागत शैलीको सिस्टमलाई आत्मसात् गर्दै डिजिटल रेमिट्यान्सलाई प्राथमिकता दिदै अघि बढेको छ।

यो सम्झौता संगै विदेशमा बसोबास तथा काम गर्दै आएका नेपालीहरुले ट्र्याङ्ग्लोको वेबसाईट, मोबाईल एप वा सिधै ट्र्याङ्ग्लोका शाखाहरूमा गएर १५० भन्दा बढी देशहरु बाट रेमिट्यान्स पठाउन सक्नेछन्। साथै ट्र्याङ्ग्लोबाट पठाएको रेमिट्यान्स इसेवा मनि ट्रान्स्फरका १३,८०० भन्दा बढी भुक्तानी केन्द्र तथा इसेवाका १००,००० भन्दा बढी क्यास प्वाइन्ट, बैंक तथा वित्तिय संस्थाहरु साथै इसेवा वालेटबाट सहजै प्राप्त गर्न सकिनेछ।

सम्झौता पत्रमा इसेवा मनि ट्रान्सफरको तर्फबाट एफवान सफ्ट ग्रुपका अध्यक्ष, विश्वास ढकाल र ट्र्याङ्ग्लोको तर्फबाट, प्रमुख कार्यकारी अधिकृत, ज्याकी लीले हस्ताक्षर गरेका थिए। इसेवा मनि ट्रान्स्फर र ट्र्याङ्ग्लो बीचको यो साझेदारीले रेमिट्यान्स सेवाहरूमा पहुँच र दक्षता अभिवृद्धि गर्ने लक्ष्य राखेको छ।

२००९ मा स्थापना भएको इसेवा नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक र एफवान सफ्टको भगिनी कम्पनी हो। इसेवा को वन(स्टप मोबाइल वालेटले ग्राहकहरूलाई रेमिट्यान्सहरू प्राप्त गर्न, आन्तरिक रूपमा पैसा पठाउन, बिलहरू तिर्न र देशव्यापी रुपमा १३ लाख व्यवसायीहरूलाई क्यूआर मार्फत ग्राहकहरूबाट डिजीटल भुक्तानी लिने सुविधा दिदै आएको छ ।

यस सम्झौताबारे बोल्ने क्रममा एफवान सफ्ट ग्रुपका अध्यक्ष, विश्वास ढकालले भने, “हामी हाम्रा सेवाहरू दिगो र सान्दर्भिक बनाउनको लागि हाम्रो विश्वव्यापी साझेदार, ट्र्याङ्ग्लोसँग मिलेर काम गर्न पाउँदा हर्षित छौं र हाम्रो आवश्यकता बुझ्दै क्यासलेस अर्थतन्त्र को अवधारणालाई ट्र्याङ्ग्लोले समेत आत्मसात गरेको छ ।“

प्रकाशित मिति : १८ श्रावण २०८०, बिहिबार  ८ : ४१ बजे

एनपीएलमा चितवन र पोखराको प्रतिष्ठाको भिडन्त, चितवनले टस जितेर ब्याटिङ

काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

फाफ डू प्लेसिस-हेजलेटको अर्धशतकले विराटनगर किङ्ग्स पहिलो क्वालिफायरमा

काठमाडौं । ओपनर फाफ डू प्लेसिस र साम हेजलेटको विस्फोटक

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले