३ भदौ २०८३, बुधबार | August 19, 2026

भन्सार पार गरि नेपाल भित्रिएको ३ लाख बढीको मोबाइल भैरहवाबाट बरामद



बुटवल । रुपन्देही स्थित भैरहवा भन्सारमा १ सय रुपैयाँ भन्दा बढीको सामानमा भन्सार असुल गर्न कडाई गरिँदा भन्सार गेट पार गरेर भैरहवा पुगेको ३ लाख बढी मुल्यको मोबाइल बरामद गरिएको छ । मा अबैध रुपमा भन्सार छली लुकाई छिपाई भैरहवा मु¥याइएको ३ लाख भन्दा बढी मूल्यको मोबाइल प्रहरीले बरामद गरेको हो ।

सिद्धार्थनगर नगरपालिका–१३ भैरहवाका ४० वर्षीय विशाल जैसवालको घरबाट भन्सार छलेर नेपाल भित्राइएको विभिन्न कम्पनीका मोबाइल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता डीएसपी श्यामु अर्यालले जानकारी दिए । जैसवाल निवासबाट प्रहरीले स्क्रिनटच मोबाइल थान–३६ पिस, विभिन्न कम्पनीको सादा मोबाइल थान–१० पिस र पावर वैँक थान–६ पिस बरामद गरिएको डीएसपी अर्यालले बताए ।

बजार मुल्य अनुसार बरामद भएका मोबाइलको बजार मूल्य ३ लाख ३२ हजार रहेको प्रहरीले दाबी गरेको छ । वरामद मोवाईलहरु र पक्राउ परेका जैसवाललाई आवश्यक कारवाहीको लागी भैरहवा भन्सार कार्यालय बेलहिया पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १९ श्रावण २०८०, शुक्रबार  १२ : १४ बजे

चार महिनामा ११ हजार सरकारी कर्मचारी सतर्कता केन्द्रको कारबाहीमा

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको राष्ट्रिय सतर्कता केन्द्रले

भद्रकाली मन्दिर धमाधम पुनर्निर्माण हुँदै

काठमाडौं । भद्रकाली मन्दिर परिसरको पुनर्निर्माण तीव्रगतिमा अघि बढेको छ

गोर्खाली सैनिकको साहस र योगदानको भारतीय सेनाध्यक्षद्वारा प्रशंसा

गण्डकी । भारतका स्थलसेनाध्यक्ष धीरज सेठले भारत–नेपाल सैनिक सम्बन्ध ऐतिहासिक

बागमतीमा राप्रपाको समर्थन पाएपछि मुख्यमन्त्रीमा किरण थापामगरको दाबी

हेटौँडा । बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले)का किरण थापामगरले दाबी

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्राडा ढुण्डीराज पौडेल

काठमाडौं । नेपाल मेडिकल काउन्सिलको अध्यक्ष पदमा प्राडा ढुण्डीराज पौडेल