१० कार्तिक २०८३, मंगलबार | October 27, 2026

भन्सार पार गरि नेपाल भित्रिएको ३ लाख बढीको मोबाइल भैरहवाबाट बरामद



बुटवल । रुपन्देही स्थित भैरहवा भन्सारमा १ सय रुपैयाँ भन्दा बढीको सामानमा भन्सार असुल गर्न कडाई गरिँदा भन्सार गेट पार गरेर भैरहवा पुगेको ३ लाख बढी मुल्यको मोबाइल बरामद गरिएको छ । मा अबैध रुपमा भन्सार छली लुकाई छिपाई भैरहवा मु¥याइएको ३ लाख भन्दा बढी मूल्यको मोबाइल प्रहरीले बरामद गरेको हो ।

सिद्धार्थनगर नगरपालिका–१३ भैरहवाका ४० वर्षीय विशाल जैसवालको घरबाट भन्सार छलेर नेपाल भित्राइएको विभिन्न कम्पनीका मोबाइल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता डीएसपी श्यामु अर्यालले जानकारी दिए । जैसवाल निवासबाट प्रहरीले स्क्रिनटच मोबाइल थान–३६ पिस, विभिन्न कम्पनीको सादा मोबाइल थान–१० पिस र पावर वैँक थान–६ पिस बरामद गरिएको डीएसपी अर्यालले बताए ।

बजार मुल्य अनुसार बरामद भएका मोबाइलको बजार मूल्य ३ लाख ३२ हजार रहेको प्रहरीले दाबी गरेको छ । वरामद मोवाईलहरु र पक्राउ परेका जैसवाललाई आवश्यक कारवाहीको लागी भैरहवा भन्सार कार्यालय बेलहिया पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १९ श्रावण २०८०, शुक्रबार  १२ : १४ बजे

गुल्मीमा भएको सडक दुर्घटनामा व्यवसायीको निधनले शोकमा वालिङ

वालिङ । सोमबार गुल्मीमा भएको सवारी साधन दुर्घटनाका कारण यतिबेला

दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक

लमजुङ । यस वर्षको दसैँ अवधिमा चक्रीय अन्नपूर्ण चक्रीय पदमार्गमा

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विकास कार्यालय

धादिङ । कृषि विकास कार्यालयले सम्भावित मौसमको अवस्थाको जानकारी लिएर

ह्यारी केनलाई बालोन डी’ओर, २५ वर्षपछि इंग्ल्यान्डका खेलाडीलाई उपाधि

काठमाडौं । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्टार