११ जेष्ठ २०८३, सोमबार | May 26, 2026

सामाखुसी खोलामाथि निर्माण गरिएको ‘स्ल्याब’ हटाउन थालियो



काठमाडौं । काठमाडौंको सामाखुसी खोलामाथि निर्माण गरिएको ‘स्ल्याब’ हटाउन सुरुआत गरेको छ । काठमाडौँ महानगरपालिका नगर प्रहरीको टोलीले बसुन्धराबाट चौकी, रानीबारी, रेडन, म्हैपी हुँदै विष्णुमती भएर बहने सामाखुसी खोलामाथि निर्माण गरिएको ‘स्ल्याब’ हटाउन थालेको हो ।

महानगर प्रहरीका प्रहरी नायब उपरीक्षक पूर्णचन्द्र भट्टले बसुन्धरादेखि म्हैपीसम्म बहने सामाखुसी खोलामाथि निर्माण गरिएको ‘स्ल्याब’ हटाउन थालिएको जानकारी दिए । काठमाडौं महानगरपालिकाले उक्त खोलामा झन्डै तीन किलोमिटर स्ल्याब हटाउन लागेको हो । हालसम्म बसुन्धरादेखि चौकी, रानीबारी हुँदै रेडन पुलसम्मको स्ल्याब हटाइसकिएको र म्हैपी क्षेत्रको हटाउने काम जारी रहेको प्रहरी नायब उपरीक्षक भट्टले बताए ।

सामाखुसी खोलालाई पुरानै स्वरुपमा ल्याउनका लागि एक महिनादेखि काठमाडौं महानगरपालिकाले स्ल्याब हटाउन थालेको हो । खोला मिचेर बनाइएका घरहरु पनि बिस्तारै भत्काउने महानगरपालिकाले जनाएको छ ।

महानगरपालिकाले खोलाको दायाँबायाँ बाटो निर्माण गरे वृक्षरोपण गर्नेसमेत जनाएको छ । यही साउन ७ गते उक्त खोलामा भानुभक्त स्कुलमा अध्ययनरत १३ वर्षीय बालक साजन मगर खसेका थिए । उनको शव बिहीबार मात्र फेला परेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १९ श्रावण २०८०, शुक्रबार  २ : ५६ बजे

यार्चागुम्बा सङ्कलन गर्न १३८ जनाले लिए अनुमतिपत्र

दार्चुला । दार्चुलाको हिमाली क्षेत्रमा पाइने बहुमूल्य जुडिबुटी यार्चागुम्बा सङ्कलनका

मणिमुकुन्द सेन पार्कमा ठडियो बिसे नगर्चीको सालिक

बुटवल । बुटवल – २ फुलबारीस्थित मणिमुकुन्द सेन पार्कमा बडामहाराज

सर्वोच्चको आदेश : ‘देउवा दम्पत्तिलाई पक्राउ नगर्नु’

काठमाडौँ । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर

शिक्षामन्त्री पोखरेलसँग राजदूतहरुको शिष्टाचार भेट

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग युरोपेली सङ्घ (इयू)

क्यानद्वारा खेलाडी वर्गीकरण सार्वजनिक – रोहित, दीपेन्द्र, सन्दीप ‘ए प्लस’मा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले सन् २०२६ का लागि