५ असार २०८३, शुक्रबार | June 20, 2026

उत्तराखण्ड पहिरोमा बेपत्ता भएका नेपालीको खोजीका लागि परराष्ट्रलाई गृहमन्त्रालयको पत्र



काठमाडौं । गृह मन्त्रालयले भारतको उत्तराखण्ड राज्यमा गएको पहिरोमा परी बेपत्ता भएका नेपालीको खोजी तथा उद्धारका लागि आवश्यक समन्वय गर्न परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको छ।

केदारनाथ यात्रा मार्गको गौरीकुण्ड डाटपुलिया नजिक गएको पहिरोमा परी नेपाली नागरिक बेपत्ता भएको विषयमा समन्वयका लागि गृहले परराष्ट्रलाई अनुरोध गरेको हो।

स्थानीय हिलवाणी न्युज पोर्टलले प्रकाशित गरेको समाचारलाई उद्धृत गर्दै गृहले खोज तथा उद्धारको सम्बन्धमा भारत सरकारसँग आवश्यक समन्वय गर्न अनुरोध गरेको छ।

घटनामा ४ जनाको शव भेटिएको र १५ जना बेपत्ता रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। बेपत्ता रहेकामा १३ नेपाली, तीन स्थानीय र बाँकी भारतको अन्य राज्यका भएको उत्तराखण्डको अनलाइन हिलवाणी न्युजले बताएको छ।

प्रकाशित मिति : १९ श्रावण २०८०, शुक्रबार  ८ : २६ बजे

नेपालमा प्रवेश भयो मनसुन, तर कमजोर उपस्थिती

काठमाडौं । नेपालमा यसवर्षको मनसुन औसत मितिभन्दा ६ दिन ढिला

बजेट कार्यान्वयन हुँदैन भन्ने ‘भाष्य’ अब अन्त्य हुनुपर्छ : अर्थमन्त्री वाग्ले

काठमाण्डौ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले अनुभवी राष्ट्र सेवकलाई साथमा

इजरायल र हिज्बुल्लाह समूह ‘युद्धविरामका लागि सहमत’

एजेन्सी । अमेरिका र इरानबीच भएको सहमतिलाई लेबनानमा जारी द्वन्द्वले

अभिनेता मदनकृष्ण श्रेष्ठलाई ‘राष्ट्रिय दीर्घसाधना सम्मान २०८३’ प्रदान

काठमाडौँ । वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठलाई ‘राष्ट्रिय दीर्घसाधना सम्मान २०८३’

मन्त्रिपरिषद् बैठक : धितोपत्र बोर्डको अध्यक्षमा डा गोपाल भट्ट नियुक्त

काठमाडौँ, ५ असारः सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्षमा डा गोपालप्रसाद