२८ असार २०८३, आइतबार | July 12, 2026

जोगिन्दरको गाईजात्रा कोसेली ‘लुछाचुँडी’ सार्वजनिक



काठमाडौं । विसं २०६१ सालदेखि हरेक वर्ष निरन्तर रुपमा गाईजात्रे प्रस्तुति बजारमा ल्याइहेका ‘जोगिन्दर’ को उपनामले चर्चित हास्य कलाकार शिवशङ्कर रिजालले यस वर्ष २१औं गाईजात्रे कोसेली ‘लुछाचुँडी’ सार्वजनिक गरेका छन् ।

हास्य कलाकारहरूले मनाउने ठूलो पर्वको रौनकता पछिल्लो समय कम भइरहेको सन्दर्भमा रिजालले भने निरन्तर गाईजात्राको कोसेली बजारमा ल्याउने गरेका छन् । ‘मेरो कलाकारिता यात्रामा गाईजात्राको ठूलो भूमिका छ । यसका लागि तयार गरिने सामग्री र प्रहसनले मलाई अगाडि बढाएको थियो । मैले हरेक वर्ष आफ्नो प्रहसन र प्यारोडी गीतसहितको प्रस्तुति ल्याउने गरेको छु’, हास्य कलाकार रिजालले भने। पहिले क्यासेटमा आउने सामग्री भिसिडी हुँदै अहिले युट्युबमा आउने गरेको छ ।

विशुद्ध मनोरञ्जन दिने उद्देश्यले तयार गरिएको ‘लुछाचुँडी’मा देशमा सबैको चासो र चिन्ताको विषय रहेको भ्रष्टाचारलाई चिरफार गर्दै व्यङ्ग्य गरिएको उनले जानकारी दिए । उनलाई प्यारोडी गीत गायनमा प्रकाश ओझा, कर्णराज गिरी र राधिका हमालले साथ दिएका छन् ।

प्रहसनमा घनश्याम गौतम ‘नक्कली प्रचण्ड’, सुरेश तिमिल्सेना ‘नक्कल ओली’, गोपाल नेपाल ‘नक्कली देउवा’, राधिका हमाल, साबित्रा लामिछाने, अर्जुन गिरी, ज्ञानदेव गिरी, प्रेम शर्मा पौडेल, शिवराम कार्की लगायतले अभिनय गरेका छन् ।

हास्यकलाकार रिजालले गाईजात्राको कोसेलीमार्फत व्यङ्ग्य गरेर चेतना बढाउने काम गरिएको बताए । उनले भने, ‘जनताको मत पाएर बन्नुभएका प्रतिनिधि र कर्मचारीले गरिरहनुभएको गलत कार्यलाई व्यङ्ग्य गरेको छु । यसले उहाँहरूलाई पनि आफ्नो गल्ती बुझ्न मद्दत गर्छ भन्ने हो। साथै, मनोरञ्जन यसमा भरपुर छ ।’

प्रकाशित मिति : २० श्रावण २०८०, शनिबार  ८ : १६ बजे

मोबाइलबाटै बैंक खाता बन्द गर्न सकिने, निष्क्रिय खाता घटाउन राष्ट्र बैंकको नयाँ व्यवस्था

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा बढ्दो

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको

दक्षिण कोरियाद्वारा पहिलो पटक आपतकालीन ‘हिटवेभ’ चेतावनी जारी

सोल । दक्षिण कोरियाले यस वर्ष लागू गरिएको नयाँ वर्गीकरण

विश्वकप-२०२६ : सेमिफाइनल समीकरण पूरा, फ्रान्स-स्पेन र अर्जेन्टिना-इंग्ल्यान्ड भिड्ने

काठमाडौं । फिफा विश्वकप २०२६ को सेमिफाइनल समीकरण पूरा भएको

अतिरिक्त समयमा ३-१ को जित निकाल्दै अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड विश्वकपबाट बाहिरियो

काठमाडौं । अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई अतिरिक्त समयमा ३-१ ले पराजित गर्दै