९ कार्तिक २०८३, सोमबार | October 27, 2026

जोगिन्दरको गाईजात्रा कोसेली ‘लुछाचुँडी’ सार्वजनिक



काठमाडौं । विसं २०६१ सालदेखि हरेक वर्ष निरन्तर रुपमा गाईजात्रे प्रस्तुति बजारमा ल्याइहेका ‘जोगिन्दर’ को उपनामले चर्चित हास्य कलाकार शिवशङ्कर रिजालले यस वर्ष २१औं गाईजात्रे कोसेली ‘लुछाचुँडी’ सार्वजनिक गरेका छन् ।

हास्य कलाकारहरूले मनाउने ठूलो पर्वको रौनकता पछिल्लो समय कम भइरहेको सन्दर्भमा रिजालले भने निरन्तर गाईजात्राको कोसेली बजारमा ल्याउने गरेका छन् । ‘मेरो कलाकारिता यात्रामा गाईजात्राको ठूलो भूमिका छ । यसका लागि तयार गरिने सामग्री र प्रहसनले मलाई अगाडि बढाएको थियो । मैले हरेक वर्ष आफ्नो प्रहसन र प्यारोडी गीतसहितको प्रस्तुति ल्याउने गरेको छु’, हास्य कलाकार रिजालले भने। पहिले क्यासेटमा आउने सामग्री भिसिडी हुँदै अहिले युट्युबमा आउने गरेको छ ।

विशुद्ध मनोरञ्जन दिने उद्देश्यले तयार गरिएको ‘लुछाचुँडी’मा देशमा सबैको चासो र चिन्ताको विषय रहेको भ्रष्टाचारलाई चिरफार गर्दै व्यङ्ग्य गरिएको उनले जानकारी दिए । उनलाई प्यारोडी गीत गायनमा प्रकाश ओझा, कर्णराज गिरी र राधिका हमालले साथ दिएका छन् ।

प्रहसनमा घनश्याम गौतम ‘नक्कली प्रचण्ड’, सुरेश तिमिल्सेना ‘नक्कल ओली’, गोपाल नेपाल ‘नक्कली देउवा’, राधिका हमाल, साबित्रा लामिछाने, अर्जुन गिरी, ज्ञानदेव गिरी, प्रेम शर्मा पौडेल, शिवराम कार्की लगायतले अभिनय गरेका छन् ।

हास्यकलाकार रिजालले गाईजात्राको कोसेलीमार्फत व्यङ्ग्य गरेर चेतना बढाउने काम गरिएको बताए । उनले भने, ‘जनताको मत पाएर बन्नुभएका प्रतिनिधि र कर्मचारीले गरिरहनुभएको गलत कार्यलाई व्यङ्ग्य गरेको छु । यसले उहाँहरूलाई पनि आफ्नो गल्ती बुझ्न मद्दत गर्छ भन्ने हो। साथै, मनोरञ्जन यसमा भरपुर छ ।’

प्रकाशित मिति : २० श्रावण २०८०, शनिबार  ८ : १६ बजे

माथिल्लो सिद्धबाबामा बसको ठक्करबाट गुल्मीकी माँया कुँवरको मृत्यु, एकजना घाइते

बुटवल । पाल्पाको माथिल्लो सिद्दबाबा स्थित सिद्दार्थ राजमार्गमा भएको सवारी

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौँ । दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४

अर्थमन्त्री वाग्लेमाथि खनिए अभिनेता राजेश हमाल, भारतको चाकडी गरेको आरोप

काठमाडौं, ९ कात्तिक । अभिनेता राजेश हमाल हत्तपत्त कुनै पनि

नेपालगन्जमा तेस्रो अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसिप हुँदै

नेपालगन्ज । नेपालगन्जमा तेस्रो नेपालगन्ज अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसिप प्रतियोगिता हुने

एनपीएलमा साविक विजेता लुम्बिनीको सानदार सुरुवात, सुदूरपश्चिम ७ विकेटले पराजित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा साविक विजेता