९ चैत्र २०८२, सोमबार | March 24, 2026

उपचाररत बिरामीको मृत्यु भएपछि भरतपुरको मनकामना अस्पतालमा तालाबन्दी



चितवन । अस्पतालमा उपचारको क्रममा तीन महिने गर्भवी महिलाको मृत्यु भएपछि चितवनको भरतपुरस्थित मनकामनामा तनाव भएको छ । भरतपुर महानगरपालिका वडा नंं २६ घर भएकी ३२ वर्षीया नविना महतोको उपचारको क्रममा मृत्यु भएपछि मृतकका आफन्तले अस्पतालको मुल गेटमा ताला लगाइदिएका छन् ।

उपचारमा लापरबाही भएकोले मृत्यु भएको भन्दै आफन्तहरुले अस्पताल घेराउ गरेको चितवन प्रहरीले जनाएको छ । अस्पतालका अनुसार रक्तश्राव भएर अस्पताल आएकी नविनाको शुक्रबार दिउँसो अपरेशन गरिएको थियो ।

सामान्य रक्तश्रावमा पनि अस्पतालले हेलचेक्र्याइँ गरेको कारण भाउजुको मृत्यु भएको मृतक महतोका देवर सन्तोष चौधरीले आरोप लगाए । उनले अस्पतालले शव बुझ्ने कागजमा जबरजस्ती हस्ताक्षर गराउन खोजेको पनि बताए ।

पीडित र अस्पताल ब्यवस्थानकाबीच छलफलको प्रयास भइरहेको र तनवको अवस्था आएपछि मध्यरातीबाटै अस्पताल परिषमर बाहिर प्रहरी परिचालन गरिएको छ ।

प्रकाशित मिति : २० श्रावण २०८०, शनिबार  १० : २२ बजे

भूमि आयोगद्वारा नेपालगन्जमा जग्गा नापजाँच सुरु

नेपालगन्ज । भूमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले नेपालगञ्ज

मध्यपूर्व क्षेत्रमा हवाई क्षेत्र प्रतिबन्धका कारण छवटा उडान रद्द

काठमाडौँ । मध्यपूर्व क्षेत्रमा हवाई क्षेत्र प्रतिबन्धका कारण आज त्रिभुवन

रास्वपाले बोलायो केन्दीय समितिको बैठक, संसदीयदलको नेता चयन गर्ने एजेण्डा

काठमाडौं । जननिर्वाचित नयाँ सरकार गठनको तयारीमा रहेको राष्ट्रिय स्वतन्त्र

कर्तव्य ज्यान मुद्दाका बाल बिज्याईकर्ता पक्राउ

बुटवल । गत चैत्र ३ गते बीभत्स तरिकाले हत्या गरिएकी

नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान

काठमाडौं । नबिल बैंक लिमिटेडले ‘ग्लोबल मनी विक’ अभियानअन्तर्गत ११