११ पुस २०८२, शुक्रबार | December 27, 2025

तराई-मधेसको भु भागलाई सुख्खाग्रस्त घोषणा गर्न जनमत पार्टीको माग



काठमाडौ‌। जनमत पार्टीले तराई मधेशको भु–भागलाई सुख्खा क्षेत्र घोषणा गरी किसानलाई राहत उपलब्ध गराउन माग गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापनपत्र बुझाउँदै जनमत पार्टीले सो माग गरेको हो ।

काठमाडौंमा केन्द्रीय समिति बैठक पछि जनमत पार्टीका उपाध्यक्ष अब्दुल खानले सुकेका बालीनालीको उचित क्षतिपूर्तिको व्यवस्था गर्न मागसमेत गर्दै आज प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका हुन्।

खडेरीलगायत प्राकृतिक प्रकोपको दिगो नियन्त्रणका योजना बनाएर सार्वजनिक गर्न सरकारको ध्यानाकर्षण गराइएको उनले जानकारी दिएका छन । उनका अनुसार मधेस प्रदेशको प्रमुख सहर वीरगञ्जलगायत सुख्खा क्षेत्रका जनतालाई घरघरमा खानेपानीको व्यवस्था गर्न, सिँचाइका लागि प्रयोग गरिएको बिजुली निःशुल्क गर्न र पानीको अभावले बिरामी परेका नागरिकको निःशुल्क उपचारको व्यवस्था गर्न माग गरिएको छ ।

भूमिगत जलाधार स्रोतसमेत सुकेकाले मधेसका जिल्लामा सिँचाइको अभावका हुनुका साथै खानेपानीकोसमेत हाहाकार मच्चिए पछि ज्ञापन पत्र लिएर प्रधामन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट गरेको उनको भनाई छ ।

प्रकाशित मिति : २० श्रावण २०८०, शनिबार  १२ : ५० बजे

गुल्मीमा ३५५ प्रजातिका चरा

गुल्मी । गुल्मीमा चराका प्रजातिको सङ्ख्या ३५५ पुगेको छ ।

बुटवलको स्कलर्स होम सेकेण्डरी स्कुलको ३४ औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

बुटवल । बुटवलको प्रतिष्ठित शैक्षिक संस्था स्कलर्स होम सेकेण्डरी स्कुलले

राष्ट्रिय हितका विषयमा देशभित्रका सबै शक्ति एक ठाउँमा उभिनुपर्छ : प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले विचारमा फरक भए पनि राष्ट्रिय

लुम्बिनी प्रादेशिक अस्पतालको सामाजिक सेवा इकाई विपन्नको बन्दै सहारा, बढ्दै आकर्षण

बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालमा सञ्चालित ‘सामाजिक सेवा इकाई’ गरिब

रवि-बालेन सहमति आज नहुने, हस्ताक्षर भोलिका लागि सारियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र