२१ मंसिर २०८२, आइतबार | December 7, 2025

धादिङमा पनि फैलिँन थाल्यो आँखा पाक्ने रोग



धादिङ । धादिङमा केही दिनयता आँखा पाक्ने रोगको सङ्क्रमण फैलिन थालेको छ । जिल्ला सामुदायिक आँखा केन्द्रमा दैनिक ७० जनाभन्दा बढी बिरामी आँखा जचाउन आउने गरेका छन् । उपचारका लागि आउनेमध्ये ४० देखि ४६ जनामा आँखा पाक्ने समस्या भेटिएको छ ।

एक्कासी आँखा रातो हुने, पोल्ने, घाममा हेर्न नसक्ने समस्या लिएर आउने बिरामीको सङ्ख्या एक सातादेखि झन्डै दोब्बरले बढेको केन्द्रका नेत्र अधिकृत डा रामसिंह तामाङले बताए । “दैनिक आँखा पाक्ने समस्या लिएर आउने बिरामीको सङ्ख्या बढिरहेको छ । समुदायस्तरमा यसको सङ्क्रमण फैलिसकेको छ”, उनले भने, “बालबालिका र युवामा यो समस्या बढी देखिएको छ ।”

आँखा पाक्ने रोग उपचारका लागि विभिन्न सरकारी, निजी अस्पताल तथा क्लिनिकमा बिरामीको चाप बढेको तामाङले बर्ताए । प्रदूषित हावा र मौसमका कारण यसको सङ्क्रमण फैलिरहेको चिकित्सकको भनाइ छ ।

यसबाट बच्न सङ्क्रमित व्यक्तिले प्रयोग गरेका रुमाल, कपडा, ओछ्यानलगायत सामान अरुले प्रयोग नगर्ने, पटकपटक हातमुख धुने, सङ्क्रमित व्यक्तिको नजिक नजाने, कालो चश्मा लगाउने, आँखा जाँच गराएर चिकित्सकको परामर्शअनुसार औषधिको प्रयोग गर्नुपर्ने नेत्र अधिकृत डा तामाङले सुझाव दिए । “धुवाँधुलोबाट जोगिन सकियो भने पनि घरमा बसेर यो रोगबाट बच्न सकिन्छ”, उनले भने ।

हाल जिल्ला सदरमुकाम धादिङबेँसी आसपासमा यसको सङ्क्रमण बढी देखिएको छ । विद्यालयका बालबालिकामा समेत यो रोग फैलिइसकेकाले सचेत रहन चिकित्सकले आग्रह गरेका छन् । जिल्लामा खनियाबास, गजुरी, ज्वालामुखी, सल्यानटारलगायत पालिकामा आँखा केन्द्र सञ्चालनमा छन् । रासस

प्रकाशित मिति : २० श्रावण २०८०, शनिबार  १ : ४७ बजे

एनपीएल : चार टोली च्याम्पियन बन्ने दौडमा

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा लिगको च्याम्पियन

प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारी भण्डारीबीच भेट

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच आज

छत्रदेव-छत्रगञ्जमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ४५५ जनाले लिए सेवा

अर्घाखाँची । छत्रदेव गाउँपालिका-५ नं. वडा कार्यालयको सहकार्यमा छत्रगञ्ज-रुपन्देही सम्पर्क

मानवसेवा आश्रमका २१ जिल्लामा ३० सेवा केन्द्र

पोखरा । नेपाललाई सडकआश्रित मानवरहित राष्ट्र बनाउने उद्देश्यसहित ‘मानवता प्रवद्र्धन

बर्दिया युवती आत्महत्या प्रकरणमा गृहमन्त्रालयले बनायो छानबिन समिति

काठमाडौं। बर्दियामा नागरिकता नपाएकै कारण एक युवतीले ज्यान गुमाएको विषयमा