२१ माघ २०८२, बुधबार | February 4, 2026

जनार्दन शर्माकाे गुनासाे, ‘मैले कहाँ अध्यक्षलाई सहयाेग गरिन ?”



काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा प्रभाकरले आफुले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई असहयोग नगरेको प्रस्टीकरण दिएका छन् । जारी केन्द्रिय समिति बैठकमा बोल्ने क्रममा अध्यक्ष प्रचण्डलाई आफुले सहयोग गरेको तर गलत प्रचार गरिएको उनको गुनासो थियो ।

अध्यक्षले चाहँदा, परिस्थितिले माग गर्दा, बैचारिक राजनैतिक निर्णय लिँदा, गठबन्धन बनाउदा, जतिखेर पनि खटनपटनमा लागेकै छु । स्वतन्त्र व्यक्ति राष्ट्रपति बनाउनु हुँदैन, पार्टीबाट बनाउनुपर्छ, सभामुख र राष्ट्रपति एउटै पार्टीको बनाए थप समस्या आउछ भनेर तैले बाहिर बोल र वातावरण बना भनी अध्यक्षले आदेश दिँदा आफ्नो मत थाँती राखेर भएपनि त्यसको पालना गरेकै छु,’ शर्माले केन्द्रिय समिति बैठकमा भने, ‘परिस्थिति अदल बदल गर्नुपर्दा वा अन्य कुनै संकट आइपर्दा सँधै अध्यक्षको पक्षमा खडा भएकै छु । होला कहिलेकाँही आँखा जुधाएर कुरा गर्न मन लाग्छ, गरिन्छ पनि । तर त्यसैलाई असहयोग गर्यो भनेर नेतृत्वको आडमा नानाथरी बिल्ला भिराएर प्रचारबाजी गरिन्छ ।’

उनको थप गुनासो थियो, ‘अध्यक्ष कमरेडले भन्नुपर्यो– कुन चाँहि अप्ठेरो मोडमा तपाइले मेरो साथ र समर्थन पाउनु भएन ? तल तल कुन चाँहि व्यक्तिलाई मैले मलाई गुटको नेता मान्नुपर्छ भनेर भोट मागेको छु ? विधि, विधान, पद्दति, प्रणाली मिचिएको कुरा उठाउनै पर्ने भएर उठाइयो होला । समस्या जे हो त्यो चाँहि भन्नैपर्छ । चुप लागियो भने सुधार हुँदैन भन्ने मान्यताले कहिलेकाँही काम गर्यो होला।’

 

प्रकाशित मिति : २० श्रावण २०८०, शनिबार  ४ : २३ बजे

विसं २०८३ को पात्रो (पञ्चाङ्ग) फागुन २ गतेदेखि बजारमा आउने

काठमाडौं । विसं २०८३ को पात्रो (पञ्चाङ्ग) आगामी फागुन २

‘सम्पदा संरक्षण र पर्यटन प्रवर्द्धन’ काठमाडौं-८ का उम्मेदवारको मुख्य मुद्दा

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौं निर्वाचन क्षेत्र

अस्थायी मतदाताका निम्ति बाँकेमा तीन केन्द्र

नेपालगन्ज । जिल्ला निर्वाचन कार्यालयले अस्थायी मतदाताका लागि तीन मतदान

सुनचाँदीको मूल्य फेरि बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य फेरि बढेको छ

भिरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु

बैतडी । बैतडीमा एक जना निर्वाचन प्रहरीको भिरबाट लडेर मृत्युु