१५ श्रावण २०८३, शुक्रबार | July 31, 2026

माओवादी एकताप्रति असन्तुष्ट उपमहासचिव जनार्दन शर्माद्वारा आज विशेष पत्रकार सम्मेलन



काठमाडौं । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)बीचको पार्टी एकताप्रति असन्तुष्ट रहेका माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले आज विशेष पत्रकार सम्मेलन गर्न लागेका छन् ।

शर्माले ललितपुरको बखुण्डोलस्थित सत्कार क्याफेमा दिउँसो २ः३० बजे पत्रकार सम्मेलन गर्ने कार्यक्रम तय गरेका हुन् । माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बहिष्कार गर्दै उनले पत्रकार सम्मेलन गर्न लागेका हुन् ।

माओवादी केन्द्र महाधिवेशन आयोजक समितिको बैठक आज (कार्तिक १८) दिउँसो १ बजे प्रज्ञा प्रतिष्ठान, कमलादीमा बस्दै छ । सो बैठकले नेकपा (एकीकृत समाजवादी) सहित नौ वामदलबीचको एकता प्रस्ताव अनुमोदन गर्ने तयारी गरेको छ ।

तर, उपमहासचिव शर्माले भने एकता प्रक्रियाप्रति असहमति जनाउँदै यसलाई तत्काल रोक्नुपर्ने धारणा अघि सार्दै आएका छन् । उनले यसअघि नै उक्त एकता प्रक्रियामा सहभागी नहुने र पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग अलग हुने घोषणा गरिसकेका छन् ।

प्रकाशित मिति : १८ कार्तिक २०८२, मंगलबार  १२ : १५ बजे

पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौं । अविरल वर्षा, पहिरो तथा बाढीका कारण देशका विभिन्न

आज साउन १५ खिर खाएर मनाइँदै

काठमाडौं । आज साउन १५ गते । नेपाली समाजमा खिर

सरकार र पीडित परिवारबीच सातबुँदे सहमति, मृतकलाई सहिद घोषणा गरिने

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका-३ कप्तानगञ्जमा भएको घटनापछि गृह मन्त्रालय

जनकपुरधाममा कर्फ्यु कायमै, बिहान दुई घण्टा अत्यावश्यक सामग्री खरिद गर्न छुट

जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुरधाम क्षेत्रमा जारी कर्फ्यु

देशका अधिकांश भागमा वर्षाको सम्भावना, तीन प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको जोखिम

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज बागमती,