३ आश्विन २०८३, शनिबार | September 19, 2026

ठूला दलहरू इतिहासमै असफल सिद्ध भए : जनार्दन शर्मा



काठमाडौं । प्रचण्ड नेतृत्वको माओवादी केन्द्रसँग छुट्टिएर प्रगतिशील लोकतान्त्रिक पार्टीको नेता बनेका जनार्दन शर्माले परम्परागत ठूला दलहरू देशलाई परिवर्तन गर्न असफल रहेको आरोप लगाएका छन् ।

पार्टी घोषणासभालाई सम्बोधन गर्दै शर्माले कांग्रेस, एमाले र माओवादी केन्द्र आफ्ना–आफ्ना समयका परिवर्तनकारी शक्ति भए पनि सत्तामा पुगेपछि आफ्नो क्रान्तिकारी चरित्र जोगाउन नसकेर इतिहासमै असफल सिद्ध भएको बताए। उनका अनुसार, विकासको गति रोकिँदा देश भ्रष्टाचार, नातावाद, कृपावाद, यथास्थिति र दण्डहीनताबाट ग्रसित बन्दै गएको छ।

शर्माले दशकौँसम्म सत्ताको मुख्य केन्द्रमा बसेका तीन दलले जातीय, क्षेत्रीय, लैंगिक तथा वर्गीय विभेद जस्ता उत्पीडनको मूल समस्यालाई सम्बोधन गर्न नसकेको आरोप लगाए। उनले विकासका लागि आवश्यक नीतिगत तथा प्रणालीगत पुनःसंरचना नगरी मौजुदा संरचनाको दुरुपयोग गरेर मुलुकलाई बर्बादीतर्फ धकेलिएको दाबी गरे।

संविधान निर्माण प्रक्रियालाई दलीय स्वार्थको एजेन्डा बनाइएकै कारण जनताको वास्तविक म्यान्डेट सम्बोधन हुन नसकेको उल्लेख गर्दै उनले राज्यका अंगहरूको अत्यधिक राजनीतिकरणले शासन प्रणाली नै कमजोर भएको बताए।

नयाँ पार्टी गठनको औचित्य प्रस्तुत गर्दै शर्माले प्रगतिशील लोकतान्त्रिक पार्टी देशलाई भ्रष्टाचारमुक्त, सामाजिक न्याययुक्त र भिजनयुक्त शासनतन्त्रमा लैजाने वैकल्पिक राजनीतिक शक्ति बन्ने दाबी गरे।

प्रकाशित मिति : ७ मंसिर २०८२, आइतबार  ४ : ३३ बजे

कांग्रेसको १५औँ महाधिवेशन : ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न

काठमाडौँ । नेपाली कांग्रेसले आगामी असोज १६ देखि १९ गतेसम्म

सिमरा होटलमा विवादपछि चक्कु प्रहार, ३५ वर्षीय युवकको मृत्यु

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरास्थित एक होटलमा चक्कु प्रहारबाट

खजुरा क्यान्सर अस्पतालमा बिग्रेको लिन्याक मेसिन ६ महिनापछि सञ्चालनमा

नेपालगन्ज । बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा करिब

पत्रकार टेकराज थामी वेपत्ता भएकोमा पाकिस्तानी राजदूत खानद्वारा दुःख व्यक्त

काठमाडौं । नेपालका लागि पाकिस्तानी राजदूत मोहम्मद आमिर खानले भोटेकोशी

नागरिकलाई निराशामा राखेर राज्यव्यवस्था सफल हुन सक्दैन : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक परिवर्तनलाई नागरिकको दैनिक जीवनसँग