१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

उत्तराखण्डमा पहिरोमा बेपत्ता १७ को खोजी कार्य जारी



उत्तराखण्ड । रुद्रप्रयागको गौरीकुण्डमा पहिरोमा परी बेपत्ता भएका १७ जनाको खोजीका लागि बिहान ५ः३० बजेदेखि उद्धार सुरु भएको छ ।

एनडीआरएफ, एसडीआरएफ र अन्य संगठनका जवानहरू खोजीमा लागेका छन् । जिल्ला विपद् व्यवस्थापन अधिकृत नन्दनसिंह राजवारले बिहानैदेखि उक्त क्षेत्रमा हल्का वर्षा भइरहेको बताए । जसकाकारण उद्दार र खोजी कार्यमा समस्या भइरहेको छ ।

रुद्रप्रयागमा खराब मौसमका कारण मुख्यमन्त्री पुष्कर सिंह धामीको गौरीकुण्ड भ्रमण रद्द भएको छ । दुर्भाग्यवश रुद्रप्रयाग देशका १० सबैभन्दा पहिरो जाने जिल्लाहरूमध्ये पहिलो स्थानमा छ। विगत तीन-चार दशकमा जिल्लामा भएका पहिरोमा परी हजारौंको ज्यान गएका वा बेपत्ता भएका प्रमुख घटनाहरू यसको प्रमाण हुन् ।

सन् २०१३ मा केदारनाथमा पहिरो र बाढीमा ४५०० मानिसले ज्यान गुमाएका थिए। गौरीकुण्ड पहिरो दुर्घटनाले भारतीय अन्तरिक्ष अनुसन्धान संगठन इसरोको राष्ट्रिय रिमोट सेन्सिङ सेन्टरको नक्साले पहिरो रिपोर्टको पुष्टि गरेको छ ।

प्रकाशित मिति : २१ श्रावण २०८०, आइतबार  ७ : १४ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा