२४ श्रावण २०८३, आइतबार | August 9, 2026

उत्तराखण्डमा पहिरोमा बेपत्ता १७ को खोजी कार्य जारी



उत्तराखण्ड । रुद्रप्रयागको गौरीकुण्डमा पहिरोमा परी बेपत्ता भएका १७ जनाको खोजीका लागि बिहान ५ः३० बजेदेखि उद्धार सुरु भएको छ ।

एनडीआरएफ, एसडीआरएफ र अन्य संगठनका जवानहरू खोजीमा लागेका छन् । जिल्ला विपद् व्यवस्थापन अधिकृत नन्दनसिंह राजवारले बिहानैदेखि उक्त क्षेत्रमा हल्का वर्षा भइरहेको बताए । जसकाकारण उद्दार र खोजी कार्यमा समस्या भइरहेको छ ।

रुद्रप्रयागमा खराब मौसमका कारण मुख्यमन्त्री पुष्कर सिंह धामीको गौरीकुण्ड भ्रमण रद्द भएको छ । दुर्भाग्यवश रुद्रप्रयाग देशका १० सबैभन्दा पहिरो जाने जिल्लाहरूमध्ये पहिलो स्थानमा छ। विगत तीन-चार दशकमा जिल्लामा भएका पहिरोमा परी हजारौंको ज्यान गएका वा बेपत्ता भएका प्रमुख घटनाहरू यसको प्रमाण हुन् ।

सन् २०१३ मा केदारनाथमा पहिरो र बाढीमा ४५०० मानिसले ज्यान गुमाएका थिए। गौरीकुण्ड पहिरो दुर्घटनाले भारतीय अन्तरिक्ष अनुसन्धान संगठन इसरोको राष्ट्रिय रिमोट सेन्सिङ सेन्टरको नक्साले पहिरो रिपोर्टको पुष्टि गरेको छ ।

प्रकाशित मिति : २१ श्रावण २०८०, आइतबार  ७ : १४ बजे

किसुनजी आश्रम पुगेर खड्काले लिए पार्टी एकताको संकल्प

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का पार्टीका

गोसाइँकुण्डमा जनैपूर्णिमा मेलाको तयारी

रसुवा । जिल्लाको प्रख्यात तीर्थस्थल गोसाइँकुण्डमा हरेक वर्ष जनैपूर्णिमाका दिन

आदिवासी जनजातिको अधिकारको संघर्ष अझ सशक्त बनाउनुपर्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आदिवासी

इलाममा अदुवाको आकर्षक मूल्य, खेती विस्तार गर्दै किसान

इलाम । माङसेबुङ गाउँपालिका-२ का किसान देशराज लिम्बूले गत वर्ष

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ ।