११ जेष्ठ २०८३, सोमबार | May 26, 2026

बालेन कडाई गर्दै अदालत खुकुलो पार्दै : सपिङमलमा पार्किङ शुल्क लिने विषयमा हस्तक्षेप नगर्न अदालतको आदेश



काठमाडौँ । पाटन उच्च अदालतले काठमाडौँका व्यापारिक कम्प्लेक्सभित्र रहने पार्किङ स्थलहरुमा शुल्क लिने सम्बन्धमा कुनै हस्तक्षेप नगर्न काठमाडौं महानगरको नाममा अल्पकालीन अन्तरिम आदेश गरेको छ ।

न्यायाधीश राजेन्द्र खरेलको एकल इजलासले आज काठमाडौँ महानगरपालिका नाममा शुल्क लिने विषयमा हस्तक्षेप नगर्न आदेश गरेको हो । अदालतले शुल्क लिन हस्तक्षेप गर्नुपर्ने विषयमा महानगरपालिकासँग लिखित जवाफसमेत माग गरेको छ भने दुवै पक्षको छलफलका लागि यही साउन ३० गते बोलाएको छ ।

काठमाडौँ महानगरपालिकाले व्यापारिक कम्प्लेक्सहरुले ग्राहकसँग पार्किङ शुल्क उठाउन नपाउने कानुनी व्यवस्था गरेको थियो । उक्त निर्णयविरुद्ध कम्प्लेक्स डेभलपर लिजर एसोसिएनका तर्फबाट मोहन बास्तोलाले उक्त अदातलमा रिट निवेदन दायर गर्नुभएको थियो । उक्त निवेदनमाथिको प्रारम्भिक सुनुवाइपछि अदालतले आदेश गरेको हो । अदालतको अर्को आदेश नआएसम्म व्यापारिक कम्प्लेक्सहरुले ग्राहकसँग पार्किङ शुल्क उठाउन पाउने छन् ।

प्रकाशित मिति : २२ श्रावण २०८०, सोमबार  १० : ०० बजे

यार्चागुम्बा सङ्कलन गर्न १३८ जनाले लिए अनुमतिपत्र

दार्चुला । दार्चुलाको हिमाली क्षेत्रमा पाइने बहुमूल्य जुडिबुटी यार्चागुम्बा सङ्कलनका

मणिमुकुन्द सेन पार्कमा ठडियो बिसे नगर्चीको सालिक

बुटवल । बुटवल – २ फुलबारीस्थित मणिमुकुन्द सेन पार्कमा बडामहाराज

सर्वोच्चको आदेश : ‘देउवा दम्पत्तिलाई पक्राउ नगर्नु’

काठमाडौँ । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर

शिक्षामन्त्री पोखरेलसँग राजदूतहरुको शिष्टाचार भेट

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग युरोपेली सङ्घ (इयू)

क्यानद्वारा खेलाडी वर्गीकरण सार्वजनिक – रोहित, दीपेन्द्र, सन्दीप ‘ए प्लस’मा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले सन् २०२६ का लागि