१५ माघ २०८२, बिहिबार | January 30, 2026

बालेन कडाई गर्दै अदालत खुकुलो पार्दै : सपिङमलमा पार्किङ शुल्क लिने विषयमा हस्तक्षेप नगर्न अदालतको आदेश



काठमाडौँ । पाटन उच्च अदालतले काठमाडौँका व्यापारिक कम्प्लेक्सभित्र रहने पार्किङ स्थलहरुमा शुल्क लिने सम्बन्धमा कुनै हस्तक्षेप नगर्न काठमाडौं महानगरको नाममा अल्पकालीन अन्तरिम आदेश गरेको छ ।

न्यायाधीश राजेन्द्र खरेलको एकल इजलासले आज काठमाडौँ महानगरपालिका नाममा शुल्क लिने विषयमा हस्तक्षेप नगर्न आदेश गरेको हो । अदालतले शुल्क लिन हस्तक्षेप गर्नुपर्ने विषयमा महानगरपालिकासँग लिखित जवाफसमेत माग गरेको छ भने दुवै पक्षको छलफलका लागि यही साउन ३० गते बोलाएको छ ।

काठमाडौँ महानगरपालिकाले व्यापारिक कम्प्लेक्सहरुले ग्राहकसँग पार्किङ शुल्क उठाउन नपाउने कानुनी व्यवस्था गरेको थियो । उक्त निर्णयविरुद्ध कम्प्लेक्स डेभलपर लिजर एसोसिएनका तर्फबाट मोहन बास्तोलाले उक्त अदातलमा रिट निवेदन दायर गर्नुभएको थियो । उक्त निवेदनमाथिको प्रारम्भिक सुनुवाइपछि अदालतले आदेश गरेको हो । अदालतको अर्को आदेश नआएसम्म व्यापारिक कम्प्लेक्सहरुले ग्राहकसँग पार्किङ शुल्क उठाउन पाउने छन् ।

प्रकाशित मिति : २२ श्रावण २०८०, सोमबार  १० : ०० बजे

‘फ्याक्ट चेक पत्रकारिताको आधारभूत र अनिवार्य टुल्स’

नेपालगन्ज । बाँकेका अगुवा पत्रकारहरुले फ्याक्ट चेक पत्रकारिताको आधारभूत र

सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ लाई मधेस प्रदेशकै नमूना बनाउने सभापति थापाको आश्वासन

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही निर्वाचन क्षेत्र

सभापति लामिछाने अस्पतालबाट डिस्चार्ज

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपचारपछि अस्पतालबाट

निर्वाचन आचारसंहिता : १० दिनमा आयोगले सोध्यो २१ स्पष्टीकरण, जवाफ आठ वटाको मात्र

काठमाडौँ । निर्वाचन आचारसंहिता, २०८२ लागू भएपछिको १० दिनमा निर्वाचन

‘द ब्रिटिस कलेज अलुम्नाइ मिट २०२६’ कार्यक्रम सम्पन्न

काठमाडौ । द ब्रिटिश कलेजले आफ्ना पूर्वविद्यार्थीहरूलाई एकै थलोमा भेला