१२ फाल्गुन २०८२, मंगलबार | February 24, 2026

काठमाडौंमा भारी वर्षा : नदी किनार आसपास सतर्कता अपनाउन अनुरोध



काठमाडौं । सङ्घीय राजधानी काठमाडौं उपत्यकामा भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार गए रातिदेखि काठमाडौँमा निरन्तर वर्षा भइरहेको छ ।

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर ९नेपाल नजिक० अवस्थित रहेकाले अझै केही दिन देशैभर मनसुनी वर्षा हुने महाशाखाले जनाएको छ । यसका साथै नेपालमा मनसुनी वायुको साथै भारतको बिहार आसपास रहेको न्यूनचापीय प्रणालीको पनि प्रभाव रहेको छ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही मधेस, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा र बाँकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

यसैबीच काठमाडौं उपत्यकामा भारी वर्षाका कारण नदी र खोलामा बाढी आएको छ । बाढी पूर्वानुमान महाशाखाले सूचना जारी गर्दै बाढीले जलसतह बढ्दो क्रममा रहेकाले बिहान ११ः०० बजेसम्म उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।

महाशाखाका अनुसार बिहान ६ः०० बजे काठमाडौं उपत्यकाको बूढानीलकण्ठ, सुन्दरीजल, नगरकोट र आसपास क्षेत्रमा भारी वर्षा भएको छ । जसका कारण विष्णुमती, धोबीखोला, मनोहरालगायतमा जलसतह बढ्दो क्रममा रहको र सतर्कतामा पुगेकाले नदी तटीय क्षेत्रमा रहने र नदी किनारको सडकबाट यात्रा गर्नेहरूले उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ । काठमाडौंमा आज बिहानैदेखि वर्षा जारी रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै र बाँकी प्रदेशको केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

मधेस, बागमती र गण्डकी प्रदेशका थोरै तथा कोशी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ । मधेस र बागमती प्रदेशमा एक-दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घन्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै महाशाखाले मधेस, बागमती र गण्डकी प्रदेशका थोरै तथा कोशी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको तथा मधेस, बागमती प्रदेशका एक-दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।

यसका कारण नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी पहिरो, भू–क्षय तथा हावाहुरीजस्ता प्रकोप हुनसक्ने भएकाले जनस्वास्थ्य, कृषि दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुनसक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपाउन महाशाखाले अनुरोध गरिएको छ ।

प्रकाशित मिति : २३ श्रावण २०८०, मंगलबार  ९ : ४० बजे

बैतडीमा निर्वाचन प्रहरीको निधन

बैतडी । आसन्न निर्वाचन सुरक्षाका लागि भर्ना भएका थप एक

अमेरिकाको भर्जिनियामा एक नेपाली परिवारमा धारिलो हतियार प्रहार गरी श्रीमती र छोरीको हत्या

काठमाडौं । अमेरिकाको भर्जिनिया राज्यअन्तर्गत फेयरफ्याक्स काउन्टीमा सोमबार बिहान एक

आजको मौसम : उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हिमपातको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ

आईसीसी टी-२० विश्वकप सुपर ८ मा वेस्ट इन्डिजको विशाल जित, जिम्बाब्वे १०७ रनले पराजित

काठमाडौं । आईसीसी टी-२० विश्वकपको सुपर ८ चरणअन्तर्गत भएको खेलमा

निर्वाचन आउन ९ दिन बाँकी : आयोगले निर्वाचन आचारसंहिता स्मरण गरायो

काठमाडौं । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आचारसंहिता