४ पुस २०८२, शुक्रबार | December 20, 2025

बसको ठक्करबाट कपिलवस्तुमा एकै पटक १० गाईगोरुको मृत्यु



कपिलवस्तु । पुर्व पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको बुद्धभुमी नगरपालिका वडा नम्बर २ स्थित पानीडाँडा सडकमा बसको ठक्करबाट एकै पटक १० गाईगोरुको मृत्यु भएको छ।

दाङबाट काठमाडौं तफै जादै गरेको बागमती प्रदेश ०१–००६ ख ५१७१ नम्बरको बसले सामेवार मध्यरातमा बाटोमा बसिरहेको छाडा गाई गोरुलाई ठक्कर दिएको हो। तीब्र गतिमा रहेको बसले ठक्कर दिँदा एकै पटक ५ वटा गाई र ५ वटा गोरु मरेको जिल्ला ट्राफिक कार्यालय गोरुसिंगेका प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सिनाले बताए।

दुर्घटनामा परी एकै पटक यत्रो संख्यामा चौपायामा मरेको यो जिल्ला मै पहिलो घटना भएको उनले बताए। दुर्घटना गराउने बस ईलाका प्रहरी कार्यालय गोरुसिंगेको नियन्त्रणमा छ। सो बसमार रहेको यात्रुहरु भने सकुशल रहेको र उनीहरुलाई अन्य बसमा पठाइएको तिमिल्सिनाले बताए। घटनाको अनसन्धान भईरहेको प्रहरीले जनाएको छ। छाडा गाई गोरुको ब्यवस्थापन नगरिदा कपिलवस्तुमा दुर्घटनाको जोखिम बढेको छ। अनाहकमा चौपायाहरुको समेत ज्यान जाने गरेको छ। मरेको गाई गोरुलाई डोजरद्धारा ब्यवस्थापन गरिएको छ।

प्रकाशित मिति : २३ श्रावण २०८०, मंगलबार  ३ : ०४ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको