३ पुस २०८२, बिहिबार | December 18, 2025

भेरी अस्पतालमा आजबाट मिर्गौला रोग सम्बन्धि विशिष्टकृत सेवा सुरु



नेपालगन्ज । लुम्बिनी प्रदेशमा संघीय सरकार अन्तर्गत रहेको भेरी अस्पताल नेपालगन्जमा मिर्गौला रोग सम्बन्धि विशिष्टकृत सेवा सुरु भएको छ । डि.एम नेफ्रोलोजिष्ट डा सौरभ हमाल भेरी अस्पतालमा हाजिर भएसंगै अस्पतालले पहिलो पटक मिर्गौला रोग सम्बन्धि विशिष्टकृत सेवा सुरु गरेको हो ।

अस्पतालमा आजदेखि मिर्गौला रोग सम्बन्धि सेवा सुरु भएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा राजन पाण्डेले जानकारी दिए । बुटवल पश्चिम क्षेत्रमा पहिलो पटक भेरी अस्पतालले मिर्गौला सम्बन्धि सेवा दिन थालेपछि यस अघि उपचार गराउन लखनुउ, काठमाडों वा अन्यत्र जानु पर्ने बाध्यताको अन्त्य भएको छ । यसअघि भेरीमा मिर्गोला सम्बन्धि विशेषज्ञ चिकित्सक नहुँदा बिरामीहरु काठमाडौं वा छिमेकी देश भारतका विभिन्न अस्पतालमा जान बाध्य थिए ।

विशिष्टकृत सेवा अन्तगर्त भेरी अस्पतालमा न्युरो, युरोलोजीको सेवा यसअघि नै सुरु गरिसकेको छ । भेरी अस्पतालमा प्रत्येक हप्ताको सोमबार, बुधबार र शुक्रबार (सार्वजनिक बिदा वाहेक) मिर्गौला रोग सम्बन्धि ओपीडी सेवा, इमरजेन्सी र वार्डबाट अन्य आवश्यक सेवाहरु प्रदान हुने अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : २३ श्रावण २०८०, मंगलबार  ८ : ५८ बजे

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका