२९ पुस २०८२, मंगलबार | January 14, 2026

आज राष्ट्रिय भू-संरक्षण दिवस



काठमाडौं । आज राष्ट्रिय भू-संरक्षण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । दिवसका अवसरमा आज देशका विभिन्न स्थानमा अन्तक्र्रिया गर्नुका साथै वृक्षरोपण गरेर दिवस मनाइँदै छ ।

बाढी, पहिरो, भू-क्षयजस्ता प्राकृतिक प्रकोप कम गर्दै पारिस्थितिक सन्तुलन कायम राख्न सहयोग पुर्याउन एवं भू-क्षय कम गरी जमिनको उर्वराशक्ति कायम राख्न तथा पूर्वाधार संरक्षण गर्ने उद्देश्यले २०३१ साउन २४ गतेदेखि दिवस मनाउन थालिएको हो ।

विभागको स्थापनासँगै जिल्लास्तरमा भू-संरक्षण कार्यालय स्थापना गरी सेवा प्रवाह सुरु गरिएको थियो । विसं २०३१ देखि ‘भू-संरक्षण दिवस’का रूपमा मनाउने गरिएको पाइन्छ । भू-तथा जलाधार संरक्षण विभाग स्थापना भएको साउन २४ गतेलाई ‘भू-संरक्षण दिवस’का रूपमा मनाउने गरिएको हो ।

विगत वर्षहरूमा फूलजन्य बिरुवा, धुपी, काइयोलागयत बोटबिरुवा रोपेर सो दिवस मनाइँदै आएको छ । वातावरणीय संवेदनशीलता, प्राकृतिक विपत्ति तथा जलवायु परिवर्तनको प्रभावका दृष्टिकोणले नेपाल उच्च जोखिममा छ । संवेदनशील भू-धरातलीय र भौगोलिक अवस्थिति तथा कमजोर भौगर्भिक बनावटका कारणले गर्दा मानवजन्य तथा प्राकृतिक प्रकोपका प्रभावबाट भारी मात्रामा धनजनको क्षति र वातावरणीय समस्या व्यहोर्नुपरेको छ ।

प्रकाशित मिति : २४ श्रावण २०८०, बुधबार  ७ : ३८ बजे

अवैध अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न सात चिनियाँ पक्राउ

काठमाडौँ । अवैध अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका उपकरणसहित सात

बाँकेको सिधनिया घाटमा मकर स्नानका लागि विशेष व्यवस्था

नेपालगन्ज । बाँकेको राप्ती नदीस्थित सिधनिया घाटमा पहिलोपटक व्यवस्थित मकर

भोलिबाट नेपालगन्जमा व्यापार महोत्सव–२०८२ सुरु हुँदै

नेपालगन्ज । भोलिदेख नेपालगन्जमा संचालन हुने आठौँ प्रादेशिक घरेलु, कृषि,

टिपर दुर्घटनामा चालकको मृत्यु

अर्घाखाँची । अर्घाखाँचीको धारापानीमा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु

बन्दसूचीबाट एकल चुनाव चिह्नसहितका १७५ उम्मेदवारबाट नाम फिर्ता

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत