११ जेष्ठ २०८३, सोमबार | May 26, 2026

आज राष्ट्रिय भू-संरक्षण दिवस



काठमाडौं । आज राष्ट्रिय भू-संरक्षण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । दिवसका अवसरमा आज देशका विभिन्न स्थानमा अन्तक्र्रिया गर्नुका साथै वृक्षरोपण गरेर दिवस मनाइँदै छ ।

बाढी, पहिरो, भू-क्षयजस्ता प्राकृतिक प्रकोप कम गर्दै पारिस्थितिक सन्तुलन कायम राख्न सहयोग पुर्याउन एवं भू-क्षय कम गरी जमिनको उर्वराशक्ति कायम राख्न तथा पूर्वाधार संरक्षण गर्ने उद्देश्यले २०३१ साउन २४ गतेदेखि दिवस मनाउन थालिएको हो ।

विभागको स्थापनासँगै जिल्लास्तरमा भू-संरक्षण कार्यालय स्थापना गरी सेवा प्रवाह सुरु गरिएको थियो । विसं २०३१ देखि ‘भू-संरक्षण दिवस’का रूपमा मनाउने गरिएको पाइन्छ । भू-तथा जलाधार संरक्षण विभाग स्थापना भएको साउन २४ गतेलाई ‘भू-संरक्षण दिवस’का रूपमा मनाउने गरिएको हो ।

विगत वर्षहरूमा फूलजन्य बिरुवा, धुपी, काइयोलागयत बोटबिरुवा रोपेर सो दिवस मनाइँदै आएको छ । वातावरणीय संवेदनशीलता, प्राकृतिक विपत्ति तथा जलवायु परिवर्तनको प्रभावका दृष्टिकोणले नेपाल उच्च जोखिममा छ । संवेदनशील भू-धरातलीय र भौगोलिक अवस्थिति तथा कमजोर भौगर्भिक बनावटका कारणले गर्दा मानवजन्य तथा प्राकृतिक प्रकोपका प्रभावबाट भारी मात्रामा धनजनको क्षति र वातावरणीय समस्या व्यहोर्नुपरेको छ ।

प्रकाशित मिति : २४ श्रावण २०८०, बुधबार  ७ : ३८ बजे

यार्चागुम्बा सङ्कलन गर्न १३८ जनाले लिए अनुमतिपत्र

दार्चुला । दार्चुलाको हिमाली क्षेत्रमा पाइने बहुमूल्य जुडिबुटी यार्चागुम्बा सङ्कलनका

मणिमुकुन्द सेन पार्कमा ठडियो बिसे नगर्चीको सालिक

बुटवल । बुटवल – २ फुलबारीस्थित मणिमुकुन्द सेन पार्कमा बडामहाराज

सर्वोच्चको आदेश : ‘देउवा दम्पत्तिलाई पक्राउ नगर्नु’

काठमाडौँ । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर

शिक्षामन्त्री पोखरेलसँग राजदूतहरुको शिष्टाचार भेट

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग युरोपेली सङ्घ (इयू)

क्यानद्वारा खेलाडी वर्गीकरण सार्वजनिक – रोहित, दीपेन्द्र, सन्दीप ‘ए प्लस’मा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले सन् २०२६ का लागि