५ जेष्ठ २०८१, शनिबार | May 18, 2024

कपाल र छाला स्याहार्ने अन्तर्राष्ट्रिय इसेन्सियल तेलहरू नेपाली बजारमा



काठमाडौं । स्किन केयर इसेन्सियल प्रालीले विभिन्न इसेन्सियल तेलहरूको बिक्री वितरण सुरु गरेको छ । कम्पनीले छाला तथा कपालको हेरचाह, मसाल लगायतमा प्रयोग हुने रोज हिप, जोजोवा, लेमन ग्रास, पुचोली, फ्रंग्किन्सेंस, टी ट्री, लाभेनडर, आर्गन एसेन्सियल्स तेलको बिक्री सुरु गरेको हो ।

विश्वको विभिन्न देशबाट आयात गरिएको उच्च गुणस्तरको ती तेलहरू ३० मिलिलिटरको एम्बर बोतलमा बजारमा उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ ।

छाला तथा कपालको हेरचाहमा यस्ता तेलहरू प्रभावकारी देखिएका छन् । यस्ता तेलहरू प्राकृतिक र अर्ग्यानिक भएकाले छाला तथा कपालको हेरचाहमा यसको प्रयोग बढ्दोक्रममा रहेको छ ।

कस्मेटिक्सको जथाभाबी प्रयोग र न्यून गुणस्तरको कस्मेटिक्सको प्रयोगले हुनसक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै नयाँ पीढीहरूले कस्मेटिक्सको सीमित प्रयोग गर्न एसेन्सियल्स तेल सुरक्षित मानिन्छ ।

एसेन्सियल्स तेलहरू छाला तथा कपालको हेरचाहसँगै मसाज गर्न समेत उपयुक्त मानिन्छ । सामान्य खत सफा गर्न, चायाँ पोतो सफा गर्न, डन्डीफोरको उपचारमा समेत एसेन्सियल्स तेलहरू प्रयोग भइरहेको देखिन्छ ।

सुगन्धित बिरुवाहरूबाट निकालिएको इसेंसियल तेलहरू प्राकृतिक एन्टी डिप्रेसन, दुखाइ कम गर्ने, मुड र प्रतिरक्षा बुस्टर समेत हुन् ।

अत्यावश्यक तेलहरूले राम्रो सुगन्ध दिन्छ, तनाव कम गर्दछ, फंगल सङ्क्रमणको उपचार गर्दछ र निन्द्रा ल्याउन समेत सघाउने कम्पनीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २४ श्रावण २०८०, बुधबार  ४ : २४ बजे

भरतुरमा सन्तानब्बे वर्षीयाको स्तन क्यान्सरको सफल शल्यक्रिया

चितवन । चितवनमा ९७ वर्षीया वृद्धाको स्तन क्यान्सरको सफल शल्यक्रिया

पत्रकार महासङ्घको निर्वाचन तोकिएकै मितिमा हुन्छ : अध्यक्ष पोखरेल

काठमाडौं । नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले महासङ्घको निर्वाचन

उच्च अदालत नेपालगन्ज इजलासबाट १० महिनाको अवधिमा ९८.२७ प्रतिशत मुद्दा फर्छ्योट

नेपालगन्ज । उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासले चालु आर्थिक वर्ष

वैदेशिक रोजगारीमा गएकाको अधिकार सुरक्षित गर्नुपर्नेमा जोड

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वैदेशिक

एपीएफले जित्यो ललितपुर मेयर्स महिला टी-२० को उपाधि

काठमाडौँ ।  एपिएफ क्लबले अपराजित रहँदै ललितपुर मेयर्स महिला टी-२०