४ पुस २०८२, शुक्रबार | December 19, 2025

नेकपा बहुमतका नाममा चन्दा असुली गर्ने एमाले नेता सहित २ जना पक्राउ



दाङ । नेपाल कम्युनिस्ट पार्टी बहुमतको नाममा चन्दा माग्ने एमालेका नेता सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । सल्यान त्रिवेणी गाउँपालिका ५ फालाबाङका एमालेका स्थानीय नेता तथा पत्रकार धनराज परियार (तुफान) र छत्रेश्वरी गाउँपालिका १ दमाचौरका चन्द्र प्रकाश विकलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुले नेकपा बहुमतको लेटरप्याट प्रयोग गरी बिभिन्न व्यक्तिहरुसंग चन्दा मागेको, चन्दा नदिए ज्यान लिने धम्की दिएको तथा बिभिन्न डर त्रास देखाएको भन्दै उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ परेका परियार नेकपा एमाले त्रिवेणी गाउँपालिकाका सचिव तथा पत्रकार महासंघ सल्यानका साधारण सदस्य समेत हुन् ।

तुलसीपुरको हिमाल एकेडेमीका प्रिन्सिपल मधुसूदन केसीसँग दस लाख,सल्यानको कालिका माविका शिक्षक बामदेव अधिकारीसँग पाँच लाख, तुलसीपुर ७ पर्सेनीका इन्द्रबहादुर वलीसँग एक लाख, तुलसीपुर १८ बेलझुन्डिका जानका बस्नेतसँग एक लाख रुपैयाँ जबरजस्ती चन्दा मागेको तथा नदिए ज्यान लिने सम्मको धम्की दिएको उजुरी प्रहरीमा परेको थियो ।

प्रहरीका अनुसार उनीहरूले मागेजति चन्दा नदिए घरमा बम विस्फोट गराउने, हातखुट्टा भाँच्ने र ज्यान मार्ने जस्ता धम्की दिएर चिठी र मोवाईल, वाट्सएपबाट सन्देश पठाउने गरेका थिए । प्रहरीको लामो अनुसन्धानबाट चन्दा माग्नेहरु पक्राउ परेका २ जना नै भएको ठहर गर्दै प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरूको कोठाबाट एक थान कम्प्युटर, एक थान प्रिन्टर, एक थान मोबाइल, केही थान चेक, एक सय ५३ वटा नेकपा बहुमत लेखिएका लेटरप्याड र छाप बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजनकुमार गौतमले बताए । पक्राउ परेका परियारकी छोरी हिमाल एकेडेमीका बिद्यार्थी समेत हुन् ।

उनीहरुले चिठी दिएपछि पनि पटक–पटक फोन गरेर तनाब दिने गरेका थिए । नेपाली प्रहरी प्रधान कार्यालय, केन्द्रिय अनुसन्धान ब्यूरो सहितको टोलीले घटनाको अनुसन्धान गरेको थियो ।

प्रकाशित मिति : २५ श्रावण २०८०, बिहिबार  ५ : ०७ बजे

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो

त्रिभुवन विश्वविद्यालयको ५९औँ दीक्षान्त समारोह पुस १० गते दशरथ रंगशालामा हुँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो ५९औँ दीक्षान्त समारोह

थुनामुक्त भएपछि रवि लामिछाने पार्टी नेतृत्वमा फर्किने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने थुनामुक्त

पार्टीभित्रका असन्तुष्टि सार्वजनिक सञ्चार माध्यममा नपोख्न अध्यक्ष ओलीको निर्देशन

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा

रास्वपा सङ्घीय नेतृत्व मञ्चमा १७ सदस्य मनोनित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीकोे सङ्घीय नेतृत्व मञ्चमा