२१ माघ २०८२, बुधबार | February 4, 2026

ल्यारक्याल लामाले मायादेवी मन्दिर पुनः निर्माणका लागि ७ करोड दिने

काठमाडौंमा लुम्बिनी विकास कोषको सम्पर्क कार्यालय खोल्ने प्रस्ताव



बुटवल । लुम्बिनी विकास कोषको सचिवालयले पुनः काठमाडौंमा सम्पर्क कार्यालय खोल्ने प्रस्ताव गरेको छ । नवनियुक्त उपाध्यक्ष ल्यारक्याल लामाको अध्यक्षतमा आज बसेको कोषको सचिवालय बैठकले काठमाडौंमा सम्पर्क कार्यालय खोल्ने प्रस्ताव कोषको बैठकमा लैजाने निर्णय गरेको हो ।

काठमाडौंमा कोषको सम्पर्क कार्यालय रहँदा पदाधिकारीहरु लुम्बिनीमा फर्केरै नआउने प्रबृत्ति बढेपछि केही वर्ष अगाडि काठमाडौंको कार्यालय बन्द गरिएको थियो । पदाधिकारीहरु पाहुनाकारुपमा मात्र लुम्बिनी आउने भन्दै सर्बत्र आलोचना भएपछि बन्द गरिएको सम्पर्क कार्यालय ल्यारक्याल उपाध्यक्ष भए लगत्तै काठमाडौंमा खोल्ने निर्णय भएको हो ।

कोषको काठमाडौंमा रहँदा कोषका अधिकांस कर्मचारी बिभिन्न बहानामा काज मिलाई काठमाडौंमै बस्न रुचाउने र लुम्बिनीमा पदाधिकारी र उच्च कर्मचारी नभेटिने गरेपछि त्यसको आलोचना भएको थियो ।

बैठकले उपाध्यक्ष लामाले मायादेवी मन्दिर पुनः निर्माणका लागि ७ करोड रुपैयाँ प्रदान गर्ने र सरकारी बजेटबिना मन्दिरको पुनः निर्माण गर्ने समेत प्रस्ताव गरेको छ । बैठकमा मायादेबी मन्दिर निर्माणका लागि उपाध्यक्ष लामाले ७ करोड सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।

उपाध्यक्ष लामाले मायादेवी मन्दिरको पुनः निर्माणकोलागि सिड मनीको रुपमा ७ करोड रुपैयाँ दान दिने प्रतिवद्धता जनाएको लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डीराज भट्टराईले बताए ।

कोषाध्यक्ष भट्टराईका अनुसार उपाध्यक्ष लामाले नै मन्दिर पुनः निर्माणको प्रस्ताव बैठकमा राख्नुका साथै आफ्नो पैत्रिक जग्गा बेचेर सिड मनीकारुपमा ७ करोड दान गर्ने प्रस्ताव गरेका थिए । सिड मनीको सुरुवात आफैले गरेपछि दातृ निकायलाई प्रस्ताव गर्न सजिलो हुने भन्दै दाताहरुकै सहयोगमा मन्दिरको पुनः निर्माण गर्ने प्रस्ताव लामाले राखेको कोषाध्यक्ष भट्टराईले बताए ।

भट्टराईले बुद्धमार्गी, पुरातत्व विभागसंगको सहमतिपछि पुनः निर्माणको काम अघि बढ्ने पनि बताए । युनेस्कोले मन्दिरको पुनः निर्माण र पुरातात्विक मापदण्डको विषयमा पटक पटक कोषलाई ध्यानाकर्षण गराईरहेको छ ।

‘मायादेवी मन्दिरमा आएका विविध समस्याहरु समाधान गर्नकालागि आगामी कार्यकारिणी समिति वा परिषद्को वैठकमा नेपाल सरकारको सहयोग बिना दाताहरुको सहयमोगमा जीर्णेद्धार गर्ने प्रस्ताव गरी गरी पेश गर्ने,’ सचिवालय बैठकको निर्णयमा लेखिएको छ ।

प्रस्ताव स्वीकृत भएपश्चात शुरुवाती कोष स्थापनाको लागि लामाले ७ करोड आर्थिक सहयोग उपलब्ध हुने प्रतिवद्धता जनाएका हुन् ।

बैठकले कोषको सम्पर्क कार्यालय काठमाडौंमा राख्न अर्को बैठकमा प्रस्ताव पेश गर्ने निर्णयसमेत गरेको छ । कोषलाई ब्ययभार नपर्ने गरि सिंहदरवार भित्रै वा सरकारी स्वामित्वमा रहेको भवनमा कोषको कार्यालय खोल्ने लामाले बैठमा प्रस्ताव गरेका थिए ।

प्रकाशित मिति : २६ श्रावण २०८०, शुक्रबार  ९ : ५९ बजे

भिरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु

बैतडी । बैतडीमा एक जना निर्वाचन प्रहरीको भिरबाट लडेर मृत्युु

स्वास्थ्य बिमा समस्या समाधानको प्रयासमा प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्य बिमा समस्या समाधानको प्रयास

राष्ट्रपति पौडेल जापानबाट स्वदेश फर्किँदै

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल जापानको चारदिने औपचारिक भ्रमण पूरा

समृद्ध रुपन्देहीका लागि भौतिक विकास, शिक्षा र स्वास्थ्य प्राथमिकता : उम्मेदवार ई. पाण्डे

बुटवल । उज्यालो नेपाल पार्टीबाट रुपन्देही क्षेत्र नम्बर-२ का उम्मेदवार

आचारसंहिता उल्लङ्घन नगर्न कञ्चनपुर प्रशासनको आग्रह

कञ्चनपुर । जिल्ला प्रशासन कार्यालयले निर्वाचन आचारसंहिता उल्लङ्घन नगर्न राजनीतिक