२५ मंसिर २०८२, बिहिबार | December 12, 2025

लुम्बिनी विकास कोषको सम्पर्क कार्यालय काठमाडौं खोल्ने निर्णय ल्हारक्यालले लिए फिर्ता



बुटवल । लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्यारक्याल लामाले कोषको सम्पर्क कार्यालय काठमाडौंमा खोल्ने प्रस्ताव फिर्ता लिएका छन् । विकास कोषको सचिवालयको शुक्रबार बसेको बैठकले कोषको सम्पर्क कार्यालय काठमाडौंमा खोल्ने प्रस्तावको सर्वत्र चर्को विरोध भएपछि उपाध्यक्ष लामाले काठमाडौंमा सम्पर्क कार्यालय नखोल्ने प्रतिबद्धता ब्यक्त गरेका हुन् ।

यस अघि काठमाडौंमा कार्यालय हुँदा कोषका पदाधिकारीहरु अधिकांस समय काठमाडौंमै बस्ने र कर्मचारीहरु पनि बिभिन्न बहानामा काज मिलाएर काठमाडौं मै बस्ने प्रबृत्ति देखिएपछि काठमाडौंमा रहेको प्रधान कार्यालय बन्द गरेर लुम्बिनीमा नै रहने ब्यवस्था गरिएको थियो ।

उपाध्यक्ष लामाले आज एक ध्यानाकर्षण पत्र सार्वजनिक गर्दै समुदायले राखेको चासो र चिन्ता प्रति आफ्नो ध्यानाकर्षण भएको जनाएका छन् । उनले सम्पर्क कार्यालय काठमाडौं खोल्ने प्रस्ताव पुरानै भएको दाबी गर्दै सोही निर्णयलाई सदर गरिएकोमा त्यसलाई पुनर्विचार गर्दै काठमाडौंमा सम्पर्क कार्यालय नखोल्ने प्रतिबद्धता जनाएका छन् ।

लुम्बिनी प्रति सरोकार राख्नेहरुले ब्यक्त गरेको चासो र सकारात्मक चिन्तालाई कोषले सधैं स्वागत गर्ने पनि उनले उल्लेख गरेका छन् । लामाले लुम्बिनी क्षेत्रमा समुदायलाई अनुकुल र हित हुने कार्य गर्नु कोषको कर्तब्य भएको स्पष्ट पारेका छन् ।

प्रकाशित मिति : २७ श्रावण २०८०, शनिबार  ९ : २० बजे

पाल्पामा ज्येष्ठ नागरिक स्कुल सञ्चालन

पाल्पा । यहाँको रामपुर नगरपालिका–५, स्थित रामघाटमा ज्येष्ठ नागरिक स्कुल

‘पार्टीमा विद्यमान व्यक्तिवादी चिन्तन अन्त्य गर्न नयाँ नेतृत्व आवश्यक’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले ११औँ राष्ट्रिय महाधिवेशनबाट पार्टीलाई

प्रधानमन्त्रीसमक्ष जेनजी आन्दोलनको क्षतिसम्बन्धी प्रतिवेदन पेस

काठमाडौँ । जेनजी आन्दोलनमा भएको क्षतिको मूल्याङ्कन तथा सार्वजनिक संरचनाको

चुनाव हुन्छ, सही र सक्षम नेतृत्व छनोट गरौं : मन्त्री घिसिङ

वीरगन्ज । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात