३ पुस २०८२, बिहिबार | December 18, 2025

साउदीले पहिलोपटक प्यालेस्टाइनमा पठायो राजदुत



रियाद । साउदी अरबले प्यालेस्टाइनका लागि पहिलो पटक गैरआवासीय राजदूत नियुक्त गरेको छ । मिडिया रिपोर्टका अनुसार साउदी अरेबियाका लागि नयाँ राजदूतले जेरुसेलमका लागि कन्सुल जनरलको रूपमा पनि काम गर्नेछन् ।

साउदी अरबको विदेश मन्त्रालयले जोर्डनका लागि बर्तमान राजदूत नाइफ अल सुदैरीलाई प्यालेस्टाइनका लागि गैरआवासीय राजदूतमा नियुक्त गरेको हो । जुन जानकारी सामाजिक सञ्जाल पोस्टवाट दिइएको थियो ।

नाइफ अल सुदैरीले त्यसपछि जोर्डनको राजधानी अम्मानमा प्यालेस्टिनी दूतावासमा प्यालेस्टिनी राष्ट्रपतिका कूटनीतिक मामिला सल्लाहकार माजदी अल खालिदीलाई भेटे र आफ्नो ओहोदाको प्रमाणपत्र हस्तान्तरण गरे ।

साउदी अरबको विदेश मन्त्रालयले ट्वीट गर्दै सो जानकारी दिएको हो । ‘जोर्डनका दुई पवित्र मस्जिदका संरक्षक राजदूत नायफ अल सुदैरीले डा. माजदी अल खालिदीलाई प्यालेस्टाइनको असाधारण र गैर निवासी राजदूतको रूपमा आफ्नो नियुक्तिको प्रतिलिपि अम्मानमा प्यालेस्टिनी दूतावास र जेरुसेलममा कन्सुल जनरललाई हस्तान्तरण गरे,’ टविटमा भनिएको छ ।

मिडिया रिपोर्टका अनुसार नायफ अल सुदैरीले आफ्नो राजदूत नियुक्तिको स्वागत गर्दै यसलाई महत्त्वपूर्ण कदम भनेका छन् । उनले साउदी अरबका राजा सलमान र युवराज मोहम्मद बिन सलमानको प्यालेस्टाइनसँगको सम्बन्धलाई मजबुत बनाउन र यसलाई सबै क्षेत्रमा औपचारिक रूपमा प्रवर्द्धन गर्ने इच्छाको प्रशंसा गरे । माजदी अल खालिदीले भने कि यो कदमले दुई देशका जनतालाई जोड्ने बलियो र भाइचारा सम्बन्धलाई बलियो बनाउन योगदान गर्नेछ ।

प्रकाशित मिति : २८ श्रावण २०८०, आइतबार  ८ : १९ बजे

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका