२ श्रावण २०८३, शनिबार | July 18, 2026

एनआरएन युकेका अध्यक्ष गाहालाई बुटवलबासी युवाको स्वागत



बुटवल । गैरआवासिय नेपाली संघ एनआरएन युकेका अध्यक्ष प्रेम गाहा मगरलाई बुटवलमा स्वागत तथा सम्मान गरिएको छ । आफनो जन्मभुमि गुल्मी जानेगरी नेपाल आएका एनआरएन युकेका अध्यक्ष गाहा मगर र उनीसँगै आएका आईसीसीका सदस्य कुमार थापा र अमृत रोक्कालाई बुटवलका युवाहरुले गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल पुगेर सम्मान र स्वागत गरेका हुन् ।

बुटवल क्षेत्रमा क्रियाशील युवाहरुको संस्था युजी गाईज बुटवलले उनीहरुलाई स्वागत गरेको हो । स्वागत कार्यक्रममा बोल्दै युजी बुटवलका अध्यक्ष सुमन गुरुङले यसै क्षेत्रको युवाले विदेशमा आफनो नेपालबाट जाने हरेक नेपालीहरुलाई पर्ने दुखमा सहयोगी भुमिका निभाउदै आएको भन्दै सम्मान र स्वागत गरिएको बताए । उनले युकेमा गएर नेपाल र नेपालीको पहिचान राख्न सफल भएकाले उनलाई बिषेश सम्मान गरीएको बताए । नेपालमा समेत अध्यक्ष गाहाले विभिन्न ठाउँका दिन दुखीहरुलाई सहयोग गदै आएको उल्लेख गर्दै गुरुङले विदेशमा बुटवल क्षेत्रको पहिचान दिन गाहाको महत्वपूर्ण भूमिका रहेको बताए ।

उपाध्यक्ष जीवन गौतमले विदेशी भुमीमा एनआरएएको तर्फबाट गाहाले नेपालीलाई गर्ने सेवा सहयोग उल्खेनिय रहेको बताए ।

नेपाली गैरआवासीय संघ युकेका अध्यक्ष गाहा मगरले बुटवलमा युजीले गरेको स्वागलले आफुलाई सेवामा लाग्न थप हौसला मिलेको बताए । उनले विदेशमा रहेपनि नेपाल र नेपाली प्रति धेरै माया स्नेह रहने गरेको बताउँदै साथीभाईले गरेको सम्मानले थप जिम्मेवार सेवामा लाग्न हौसला दिएको बताए । देश विकासमा समेत एनआरएनलाई सहभागी गराउनुपर्ने उनको भनाई छ ।

लामो समय विदेश बसेका युवाहरुले आफनो जन्मभुमी नेपालमा केही काम गर्ने ईच्छाहरु देखाईरहेको भन्दै उनले तेस्ता युवाहरुलाई नेपालमा केही काम गर्ने बाताबरण सृजना गरीदिनु पर्ने बताए ।

कार्यक्रम्मा युजीका सचिव अर्जुन केसी, बुटबल उपमहानगरपालीका बडा नम्बर २ का बडा अध्यक्ष सुनिल शाक्य, सुरेन्द्र गुरुङ, सुदिप खत्री लगायतले शुभकामना दिएका थिए ।

प्रकाशित मिति : २८ श्रावण २०८०, आइतबार  १२ : १५ बजे

बुटवलको राजमार्ग चौराहामा टिप्परको ठक्करबाट स्कुटी चालकको मृत्यु

बुटवल । बुटवलको राजमार्ग चौराहामा भएको सवारी दुर्घटनामा एक स्कुटी

अक्सफोर्ड माध्यमिक विद्यालयमा नवआगन्तुक विद्यार्थी स्वागत तथा उत्कृष्ट विद्यार्थी सम्मान कार्यक्रम सम्पन्न

बुटवल । बुटवलस्थित अक्सफोर्ड माध्यमिक विद्यालयमा कक्षा १२ का विद्यार्थीहरूको

अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन वृद्धि

पोखरा । अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटकको आगमन वृद्धि भएको छ

चीनको चोङकिङमा पहिरो : आठको मृत्यु, ३४ जना बेपत्ता

चोङकिङ । चीनको दक्षिणपश्चिमी सहर चोङकिङमा पहिरोमा परी कम्तीमा आठजनाको

नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचन भाद्र १ गते

नेपालगन्ज । दलगत प्रतिस्पर्धाको परम्परा रहँदै आएको नेपालगन्ज उद्योग वाणिज्य