२२ माघ २०८२, बिहिबार | February 5, 2026

तिलोत्तमा नगरपालिकाको कार्यालयमा शिक्षकहरुले दिए धर्ना, माग पुरा नभए कडा आन्दोलनमा उत्रने चेतावनी



तिलोत्तमा । नेपाल शिक्षक महासंघद्धारा आयोजित देशब्यापी धर्ना तथा विरोध कार्यक्रम अन्तर्गत तिलोत्तमा नगरपालिका शिक्षकहरुले तिलोत्तमा नगरपालिकाको कार्यालय अगाडी धर्ना दिएका छन ।

नेपाल शिक्षक महासंघका नगर अध्यक्ष खेमराज पाण्डे सहितका शिक्षकहरुले तिलोत्तमा नगरपालिकाका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख अधिकृत गंगाराम आचार्यलाइ आफ्नो ३१ बुंदे समझदारी र ५१ बुंदे सहमति मागपत्र बुझाउदै शिक्षक सबै राष्ट्रका सेबक भएकाले राज्यले कुनै प्रकारको विभेद नगरिदिन आग्रह गरे । त्यस्तै नेपाल शिक्षक महासंघ जिल्ला कार्यसमिति अध्यक्ष डिल्ली घिमिरेले सबैखाले सामुदायिक विद्यालयका शिक्षकहरुलाइ राज्यले समान व्यवहार गर्नुपर्ने बताए । घिमिरेले शिक्षक आफै एकजुट भएर पेसागत सुरक्षाको लागि निरन्तर लाग्नुपर्ने भनाइ राखे ।

नेपाल राष्ट्रिय शिक्षक संघ तिलोत्तमा नगरपालिका अध्यक्ष प्रचण्ड जिसीले शिक्षकको सेवा सुविधाको लागि राज्य जिम्मेवार हुनुपर्ने, शिक्षक सेवा आयोगलाइ संवैधानिक बनाउनुपर्ने, र शिक्षकको मागलाई शिघ्र रुपमा सरकारले सम्बोधन गर्नुपर्ने भनाइ राखे । सो धर्ना कार्यक्रममा एक्येवद्धता जनाउदै नेपाल शिक्षक महासंघ प्रदेश उपाध्यक्ष कुल प्रसाद लामिछानेले मागप्रति हातेमालो गरेर आगाडी बढ्ने अन्तरास्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गर्ने खाल्को शिक्षा नीति निर्माण गरी शिक्षकको माग र सेवा सुबिधामा सरकार गम्भीर हुनुपर्ने बताए ।

सो अवसरमा बोल्दै नेपाल शिक्षक संगठन तिलोत्तमा नगरका अध्यक्ष डोलराज पाण्डेले शिक्षक सरुवा, नियुक्ति, नियमनको काममा ज्यादतीसंगै सरकारले विधेयक सच्याएर माग पूरा नगरे अनिश्चितकालिन विद्यालय बन्दको कार्यक्रमसमेत घोषणा गरिने बताए । सामुदायिक विद्यालयका शिक्षकहरुले धर्ना, प्रदर्शनलगायत आन्दोलनका कार्यक्रम घोषणा गरेकाले पठनपाठन प्रभावित हुनेप्रति दुस्ख ब्यक्त गर्दै उनले यो विषयमा सरकारले छिटो निकास दिनुपर्ने बताएका छन् । धर्ना तथा विरोध कार्यक्रममा तिलोत्तमा नगरपालिकाका सामुदायिक विद्यालयका विभिन्न संघ तथा संगठनमा आवद्ध ६० जना शिक्षक सहभागी थिए । कार्यक्रम जनभावना माविका प्रधानाध्यापक शम्भु प्रसाद पराजुलीको संचालनमा सम्पन्न भएको थियो ।

स्थायी, अस्थायी, करार, राहत, साविक उच्च माध्यमिक विद्यालय, बालकक्षा, विशेष कक्षा, शिक्षण सिकाइ अनुदान, प्राविधिक धारलगायत सबैखाले शिक्षक र विद्यालय कर्मचारीका माग विधेयकले सम्बोधन नगरेको सो धर्ना कार्यक्रममा उपस्थित शिक्षक नेताहरुले गुनासो गरे । शिक्षकहरुले केही दफाहरू संविधानप्रदत्त ट्रेड युनियन अधिकार, पेसागत सुरक्षा र स्वभिमानको विरुद्धमा रहेको दाबी गरे । महासंघले विगतमा भयका महासघ र सरकारबिच भएका सम्झैता कार्यनयन गर्नुपर्ने, निवृत्त शिक्षक र सबै स्थायी शिक्षकको निवृत्तिभरण, उपदान र औषधोपचार खर्च संघीय सरकारले गर्नुपर्ने, विद्यालय कर्मचारीको तहगत दरबन्दी सिर्जना गरी सोहीअनुसार पारिश्रमिक निर्धारण गर्नुपर्ने, राहत शिक्षकलाई स्थायी दरबन्दीमा रुपान्तर गर्नुपर्नेलगायत माग राखेर आन्दोलन गरिरहेको छ ।

प्रकाशित मिति : २८ श्रावण २०८०, आइतबार  ४ : ०९ बजे

प्रतिनिधिसभा निर्वाचन : महोत्तरी-४ मा स्वास्थ्य, शिक्षा र विकास नै मतदाताको मुख्य चासो

महोत्तरी । प्रतिनिधिसभा निर्वाचन क्षेत्र–४मा चुनावी चर्चा चुलिएको छ ।

आगामी निर्वाचनका लागि सवारीसाधन अनुमतिसम्बन्धी कार्यविधि जारी

काठमाडौं । निर्वाचन आयोग नेपालले आगामी निर्वाचनलाई लक्षित गर्दै ‘सवारीसाधनको

उदयपुर-२ : फेरिरहन्छन् प्रतिनिधि, फेरिँदैन सडकको अवस्था

उदयपुर । जता हे¥यो त्यतै धुलो, मनभरि आक्रोश । उदयपुरको

दुई पाङ्ग्रे सवारीसाधनको आयात बढ्यो

वीरगञ्ज । चालु आर्थिक वर्षको प्रथम छ महिनामा यहाँबाट रु

राष्ट्रिय जनमोर्चा प्युठान-रुपन्देही सम्पर्क समितिको बुटवलमा भेला

बुटवल । राष्ट्रिय जनमोर्चा प्युठान-रुपन्देही सम्पर्क समितिको चौथो भेला बुटवलमा