१६ बैशाख २०८१, आइतबार | April 28, 2024

करेन्ट लागेर भाँडा ब्यापारी गुप्ताको मृत्यु



नेपालगन्ज । नेपालगन्जमा एक जना ब्यवसायीको करेन्ट लागेर मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नं. ३ स्थित एकलैनी मोड नजिक गुप्ता भाडा पसलका संचालक फुल चन्द गुप्ताको आइतबार बिहान करेन्ट लागेर मृत्यु भएको हो ।

घरको इनभर्टर बनाउने क्रममा करेन्ट लागेर अन्दाजी ४५ वर्षीय फुल चन्द गुप्ताको मृत्यु भएको प्रहरीले जनाएको छ ।

आइतबार बिहान करीब ६ बजेतिर घरको इनभर्टरको तार निकालने क्रममा करेन्ट लागेर उनी गम्भीर घाइते भएका थिए । उपचारका लागि भेरी अस्पताल लगिएकोमा उपचारकै क्रममा अस्पतालमा उनको मृत्यु भएको उनका छोरा सहिल गुप्ताले बताए ।

उनको अन्तिम संस्कार हिन्दु परम्परा अनुसार स्थानीय बुलबुलिया स्मशान भूमीमा गरिएको छ ।

प्रकाशित मिति : २८ श्रावण २०८०, आइतबार  ६ : ५० बजे

नेपाल वेस्ट इन्डिज ए सँग १० रनले पराजित

काठमाडौं। वेस्ट इन्डिज ए ले नेपाललाई पराजित गरेको छ ।

इलाम-२ मा कांग्रेसका खड्काको अग्रता कायमै, सुहाङले घटाए दुरी

इलाम । इलाम (२ को मत गणनाको पहिलो अपडेट आएको

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा

काठमाडौं । राजनीतिक परिवर्तनलगत्तै सन् १९५२ मा भएको लगानी सम्मेलनलाई

सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने ग्लोबल आइएमई बैंक सम्मानित

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड आर्थिक वर्ष २०७९/८० मा