२९ मंसिर २०८२, सोमबार | December 15, 2025

तिस माइलमा पहिरो खस्दा बुटवल-पाल्पा सडक खण्ड अवरुद्ध



बुटवल । सिद्धार्थ राजमार्गको बुटवल-पाल्पा सडक खण्ड पहिरोका कारण अवरुद्ध भएको छ ।

सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल पाल्पा सडकखण्डको तिनाउ गाउँपालिका-३ स्थित तिस माइलमा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको दोभान प्रहरी चौकीका सइ कमल थापाले जानकारी दिए ।

“पहिरो राती १२ बजे खसेको हो । अहिले पनि राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ । बिहान ५ बजे सडक डिभिजन कार्यालय पाल्पाको एउटा जेसिबिले पहिरो पन्छाउने काम भइरहेको छ”- थापाले भने

पहिरो संगै रुख ढलेर सडकमा खसेको हुँदा पहिरो पन्छाउन करिब २ घण्टा समय लाग्ने थापाले बताए । राजमार्ग अवरुद्ध भएपछि सयौंको संख्यामा सवारी साधन बीच बाटोमा रोकिएका छन् । कयौं यात्रु गन्तव्यमा पुग्न नसकेर बीच बाटोमै अलपत्र परेका छन् ।

प्रकाशित मिति : २९ श्रावण २०८०, सोमबार  ७ : १५ बजे

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले