६ माघ २०८२, मंगलबार | January 20, 2026

कालीगण्डकी उर्लेपछि सेतीवेणीमा रहेको शालिग्राम शिला डुवानमा



पर्वत । केही दिनदेखि निरन्तर परेको वर्षाका कारण विश्वकै ठूलो शालिग्राम शिला डुवानमा परेको छ । पर्वत, स्याङजा र गुल्मीको संगमस्थलमा पर्ने पर्वतको विहादी गाउँपालिका-६ सेतीवेणीमा रहेको उक्त शालिग्राम शिला डुवानमा परेको हो ।

कालीगण्डकीमा पानीको सतह उच्च विन्दुमा पुगेपछि शिला पूर्णरुपमा डुवानमा परेको स्थानीय तिलक पराजुलीले बताए । उनका अनुसार शिला डुवानमा परेसँगै उक्त क्षेत्रमा कार्यरत पुजारी तथा पण्डितसमेत विस्थापित भएका छन् ।

प्रवित्र मानिने शालिग्राम शिला र शालिग्राम क्षेत्रका सत्तललगायत संरचना डुवाएको बताउँदै पराजुलीले शिला संरक्षणका लागि बनाइएको तटबन्ध र ग्याबियनसमेत पुरिएपछि शिला दर्शन गर्न जाने सबै पूर्वाधारमा पूर्णरुपमा क्षति पुगेको जानकारी दिए ।

मुस्ताङको कागवेनीमा ठूलो क्षति पु¥याएको कालीगण्डकी आइतबार रातिदेखि यसवर्षकै उच्च बहाबमा बगेको स्थानीयवासीले बताएका छन् । कतिबेला घरसम्मै आएर डुवाउने हो भन्ने चिन्ताले आइतबार रातभर जाग्राम बसेको स्थानीय रवि भट्टराईले बताए । कालीगण्डएकी ‘ए’ जलविद्युत् आयोजनाको बाँधका कारण बाढी आउँदा पर्वत, स्याङ्जा र गुल्मी जिल्लाको सिमानामा पर्ने सेतीवेणी बजार डुबानको खतरामा पर्ने गरेको उनको भनाइ थियो ।

कालीगण्डकी र सेतीखोलाको बहाब बढेर डुबानमा पर्ने चिन्ताले पर्वत र स्याङ्जातर्फका बजार क्षेत्रका झण्डै दुई सय व्यापारी तथा सर्वसाधरण त्रसित बनेका छन् । चौध वर्षअघि कालीगण्डकी र सेतीखोला उर्लेर आउँदा तीन दर्जन घरपरिवार विस्थापित बनेका थिए ।

विसं २०६६ असोज २१ मा बजार क्षेत्र डुबानमा परेको घटनाले सधैँ त्रास थप्ने गरेको स्थानीय व्यवसायी विष्णु न्यौपानेले बताए । उनले विश्वकै ठुलो शालिग्राम शिला डुबे पनि पानी बजारसम्म आइनसकेको जानकारी दिए ।

अहिले पानीको बहाब उच्च बढेको इलाका प्रहरी कार्यालय हुवासले जनाएको छ । बजार क्षेत्रसँगै जोडिएको मन्दिरको सत्तल मुनिको सिँढीसम्म बहाब आइपुगे पनि बजारवासीलाई भने खतरा नभएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २९ श्रावण २०८०, सोमबार  ४ : १८ बजे

भारतले नेपाल सरकारलाई दियो ६१ वटा गाडी उपहार

काठमाडौं । निर्वाचन प्रयोजनका लागि नेपाललाई भारत सरकारले आज ६१

मतदान गर्न पाउने अभेद्य अधिकार स्थापित हुने वातावरण बन्यो : कावा प्रमुख निर्वाचन आयुक्त

काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आज देशभरका

सर्लाही–४ मा गगन थापाको उम्मेदवारी वारेसमार्फत दर्ता

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले वारेसमार्फत उम्मेदवारी दर्ता गराएका

तिर्न बाँकी सरकारी ऋण २८ खर्ब नाघ्यो

काठमाडौं ।नेपालको सार्वजनिक ऋण २८ खर्ब नाघेको छ । चालु

चितवन-२ मा रवि लामिछानेको उम्मेदवारी वारेसमार्फत दर्ता

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले वारेसमार्फत