२ जेष्ठ २०८१, बुधबार | May 15, 2024

ग्लोबल आइएमईका ग्राहकले मेट्रो मार्टमा क्यूआरमार्फत पेमेन्ट गर्दा १५ प्रतिशत छुट पाइने



काठमाडौ । ग्लोबल आइएमई बैंकले बैंकका ग्राहकहरुलाई मेट्रो मार्टका काठमाडौं उपत्यका भित्रका स्टोरहरूबाट सामान किन्दा स्मार्ट क्यूआरमार्फत पेमेन्ट गरेमा १५ प्रतिशतसम्म छुट उपलब्ध गराउने योजना सार्वजनिक गरेको छ ।

यो योजनाअन्तर्गत ग्लोबल आइएमई बैंकको मोबाइल एप “ग्लोबल स्मार्ट प्लस” बाट स्मार्ट क्यूआर स्क्यान गरी भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट पाइनेछ । यो योजनामा एक पटकको खरिदको रु. २०० सम्म र योजना अवधिभर रु. ५०० सम्म छुट पाइनेछ ।

यो योजना सिमित अवधिका लागि काठमाडौं उपत्यकाभित्रका मेट्रो मार्टको जोरपाटी, सानेपा र पेप्सीकोला स्थित स्टोरहरुमा लागू हुनेछ ।
बैंकले आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गरी समय–समयमा यस्ता योजनाहरु ल्याएर ग्राहकहरुलाई प्रत्यक्षरुपमा लावान्भित गर्दै आएको छ ।

प्रकाशित मिति : २९ श्रावण २०८०, सोमबार  ६ : ५५ बजे

पेट्रोलमा ७ रुपैयाँ मूल्य घट्यो, डिजेल र मट्टितेलमा ५ रुपैयाँ कटौती

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ

क्यानले गर्‍यो सन्दीप लामिछानेको निलम्बन फुकुवा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको निलम्बन

बुटवलको नयाँगाउँमा भोलीदेखि प्रथम साँस्कृतिक रमाइलो मेला-२०८१ सुरु

बुटवल । बुटवल उपहानगरपालिका–१२ नयाँगाउँमा भोलीदेखि प्रथम साँस्कृतिक रमाइलो मेला-२०८१

पाल्पामा बलेरो दुर्घटना, १४ जना घाइते

तानसेन । पाल्पामा बलेरो जिप दुर्घटनामा परेको छ। नवलपुर अरुणखोलाबाट

नीति तथा कार्यक्रमलाई समर्थन गर्नेगरी बजेट आउँछ : अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले मङ्गलबार सार्वजनिक भएको सरकारको नीति