१६ असार २०८३, मंगलबार | June 30, 2026

मुस्ताङको यातायात सम्पर्कविच्छेद



म्याग्दी । मुस्ताङको आन्तरिक र छिमेकी जिल्लाहरुसँग यातायात सम्पर्कविच्छेद भएको छ । बाढीले सडक र झोलुङ्गे पुल बगाएपछि मुस्ताङको एउटा पालिकादेखि अर्को पालिका तथा छिमेकी जिल्ला म्याग्दी हुँदै प्रदेश राजधानी पोखरा र सङ्घीय राजधानी काठमाडौं जोड्ने सडक सम्बन्ध टुटेको हो ।

प्रतिकूल मौसमका कारण जोमसोम-पोखरा हवाई उडान पनि बन्द भएको छ । मुस्ताङलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने बेनी-जोमसोम सडक म्याग्दीको रघुगङ्गा गाउँपालिका २ र ३ को सिमानामा पर्ने बैसरी अधेरीखोला क्षेत्रको पहिरोका कारण साउन २० गतेदेखि बन्दछ ।

जोमसोमदेखि थासाङ गाउँपालिकालाई जोड्ने सडक मार्फाखोलामा आउने बाढीका कारण दैनिकजसो अवरुद्ध हुने गरेको छ । घरपझोङ गाउँपालिका-४ जोमसोममा कालीगण्डकीले कटान गरेर सडक भत्काएपछि जोमसोम-कागबेनी-मुक्तिनाथ सडक मङ्गलबार बिहानदेखि बन्द भएको छ ।

मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका-४ कागबेनीमा रहेको मोटरेबल र झोलुङ्गे पुल आइतबार राति कागखोलामा आएको बाढीले बगाएको थियो । मोटरेबल र झोलुङ्गे पुल बाढीले बगाएपछि लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाको साथै बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको छुसाङ, ताङ्वे गाउँसँग सडक सम्पर्कविच्छेद भएको हो ।

लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष राजु विष्टले चैलेमा कालीगण्डकी नदीको मोटरेबल पुलको पहुँचमार्ग बगाएको र चराङखोलाको काठको अस्थायी पुल बाढीले भत्काउँदा यातायात सम्पर्कविच्छेद भएको बताए ।

“कागबेनी, छुसाङ र चराङखोलामा बाढीले सडक, पुल बगाएको र भत्काएको हुँदा उपल्लो मुस्ताङ आउने-जाने बाटो बन्द भएको छ”, उनले भने, “वर्षा रोकिएर बाढी आउन छाडेपछि सडक मर्मत र पुल बगाएको ठाउँमा डाइभर्सन बनाएर यातायात सञ्चालनको पहल गरेका छौँ ।”

सडक अवरुद्ध हुँदा मुस्ताङका बासिन्दा, तीर्थयात्री र पर्यटक प्रभावित भएका छन् । खाद्यान्नलगायत दैनिक उपभोग्य सामान र निर्माण सामग्रीको ढुवानी हुन सकेको छैन । बाढी प्रभावित कागबेनीमा खानेपानी अभाव र विद्युत् आपूर्ति बन्द भएको छ । बाढीले विद्युत्का पोल र खानेपानीको पाइप बगाएको थियो । बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको अध्यक्ष रिनजिन गुरुङले खानेपानी र विद्युत् आपूर्ति सञ्चालन गराउन पहल भइरहेको बताए ।

“क्षतिको मुचुल्का तयार पार्ने कार्यलाई पूर्णता दिएर आजदेखि बस्तीभित्र पसेको बाढी पन्छाउने, खानेपानी र विद्युत् मर्मत गर्ने केन्द्रित भएका छौँ”, उनले भने, “बाढी प्रभावितको राहत, व्यवस्थापन र पुनःनिर्माणको काम एकद्वार प्रणालीबाट गर्ने व्यवस्था मिलाएका छौँ ।”

प्रकाशित मिति : ३० श्रावण २०८०, मंगलबार  ६ : ११ बजे

रास्वपाले सच्यायो महाधिवेशनको नतिजा, बढी मत ल्याएका दुई उम्मेदवारलाई केन्द्रीय सदस्य घोषणा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रथम राष्ट्रिय महाधिवेशनबाट निर्वाचित

सुनचाँदीको मूल्यमा गिरावट

काठमाडौं । स्थानीय बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा

पहिरोले कान्ति लोकपथ अवरुद्ध

मकवानपुर । हेटौँडा-काठमाडौं सडकको कान्तिलोकपथअन्तर्गत भिमफेदी गाउँपालिका-८ स्थित भरेङडाँडामा बिहानैदेखि

मोरक्कोले नेदरल्यान्ड्सलाई हराउँदै विश्वकपको अन्तिम १६ मा प्रवेश

काठमाडौं । मोरक्कोले नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै फिफा विश्वकप

प्रहरीद्वारा करिब २० लाख बढीको अवैध ‘आइफोन’ बरामद

बुटवल । रुपन्देही प्रहरीले भारतबाट अवैध रुपमा भन्सार छली नेपालतर्फ