४ पुस २०८२, शुक्रबार | December 20, 2025

कांग्रेस सांसद चन्द्र भण्डारी अस्पताल भर्ना



काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारी अस्पताल भर्ना भएका छन् । आगलागीमा परेर उपचार गराइरहेका सांसद भण्डारी बुधबार कीर्तिपुरस्थित बर्न अस्पतालमा भर्ना भएका हुन् ।

गत ३ फागुनमा आफ्नै घरमा ग्यास लिक हुँदा भएको आगलागीमा परेका उनी लामो समय भारतको मुम्बईस्थित नेसनल बर्न सेन्टरमा उपचार गरेर स्वदेश फर्किएका थिए ।  आफू बुधबार अस्पताल भर्ना भएको उनले सामाजिक सञ्जालमार्फत् जानकारी दिएका छन् ।

अस्पताल भर्ना हुनुअघि सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘समय न हो निर्णायक, जुन कसैको हातमा छैन । कोसिस न हो, सबैलाई जस्तै जीजिविषाको चाहना मलाई पनि छ । इमान्दारिता र राष्ट्रभक्तिको भारी बोकेर ढल्दै छ मेरो शरीर उपचार शैय्यामा केही समयमा ।’

उनको अवस्था सामान्य रहेको र नियमित उपचारका लागि अस्पताल भर्ना भएका हुन् ।

गत फागुनमा बुद्धनगरस्थित आफ्नै घरमा आगलागी हुँदा आमा हरिकलाको निधन भएको थियो भने गम्भीर घाइते भएका भण्डारीलाई थप उपचारका लागि ४ फागुनमा मुम्बईस्थित नेसनल बर्न सेन्टरमा लगिएकाके थियो ।

प्रकाशित मिति : ३१ श्रावण २०८०, बुधबार  ११ : ०९ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको