११ जेष्ठ २०८३, सोमबार | May 25, 2026

कांग्रेस सांसद चन्द्र भण्डारी अस्पताल भर्ना



काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारी अस्पताल भर्ना भएका छन् । आगलागीमा परेर उपचार गराइरहेका सांसद भण्डारी बुधबार कीर्तिपुरस्थित बर्न अस्पतालमा भर्ना भएका हुन् ।

गत ३ फागुनमा आफ्नै घरमा ग्यास लिक हुँदा भएको आगलागीमा परेका उनी लामो समय भारतको मुम्बईस्थित नेसनल बर्न सेन्टरमा उपचार गरेर स्वदेश फर्किएका थिए ।  आफू बुधबार अस्पताल भर्ना भएको उनले सामाजिक सञ्जालमार्फत् जानकारी दिएका छन् ।

अस्पताल भर्ना हुनुअघि सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘समय न हो निर्णायक, जुन कसैको हातमा छैन । कोसिस न हो, सबैलाई जस्तै जीजिविषाको चाहना मलाई पनि छ । इमान्दारिता र राष्ट्रभक्तिको भारी बोकेर ढल्दै छ मेरो शरीर उपचार शैय्यामा केही समयमा ।’

उनको अवस्था सामान्य रहेको र नियमित उपचारका लागि अस्पताल भर्ना भएका हुन् ।

गत फागुनमा बुद्धनगरस्थित आफ्नै घरमा आगलागी हुँदा आमा हरिकलाको निधन भएको थियो भने गम्भीर घाइते भएका भण्डारीलाई थप उपचारका लागि ४ फागुनमा मुम्बईस्थित नेसनल बर्न सेन्टरमा लगिएकाके थियो ।

प्रकाशित मिति : ३१ श्रावण २०८०, बुधबार  ११ : ०९ बजे

दक्ष र गुणस्तरीय मात्र नभई कर्तव्यनिष्ठ जनशक्ति उत्पादन गर्न आग्रह

काठमाडौँ । प्रधान सेनापति अशोकराज सिग्देलले दक्ष र गुणस्तरीय मात्र

प्रधानमन्त्रीले भोलि इयूआबद्ध देशका राजदूत तथा मिसन प्रमुखसँग छलफल गर्ने

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले भोलि यहाँस्थित युरोपेली सङ्घ (इयू)मा

मन्त्रिपरिषद् बैठक : के के भयो निर्णय ?

काठमाडौं । सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका विभिन्न महत्त्वपूर्ण निर्णयहरू

साताको पहिलो दिन नेप्सेमा हरियाली, सूचक २७ अंकले उकालो

काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार शेयरबजारमा उत्साह देखिएको

करको दर घटाउन र दायरा बढाउन सरकारसंग उद्योगी–व्यवसायीहरुको माग

बुटवल । रुपन्देहीका उद्योगी व्यवसायीहरुले करको दर घटाउन र दायरा