१२ पुस २०८२, शनिबार | December 27, 2025

सत्ताधारी नेतालाई छानबिनको डरले समिति बनाइएन : योगेश भट्टराई



महोत्तरी । नेकपा एमालेका सचिव योगेश भट्टराईले सत्ताधारी दलका उच्च तहका नेताहरु सुन काण्डमा संग्लन भएको दावी गरेका छन । उच्चस्तरिय छानबिन समिति बनाएर अगाडि बढदा अर्थमन्त्री देखि गृहमन्त्री समेत बयानको भागीदार बन्ने भएकै कारणले छानबिन समिति नबनाएको उनको तर्क समेत छ ।

उद्योग बाणिज्य महासंघ मधेश प्रदेशको प्रथम अधिबेशनमा सहभागी हुन महोत्तरी आईपुगेका सचिव भट्टराईले संसद अवरुद्ध आफुहरुको रहर नभएको पनि बताएका छन । ञएमालेले गरेको संसद बैठक अवरुद्धलाई लिएर धेरैले थुप्रै प्रश्न उठाएका छन,झ उनले भने, “हाम्रो माग एउटै हो उच्च स्तरिय छानविन समिती बनोस, निष्पक्ष छानबिन होस् ।”

उच्च स्तरिय छानबिन समितिले गृहमन्त्रीलाई समेत नछोडने भएकाले प्रधानमन्त्री प्रचण्डले नै यसलाइ रोकेको सचिव भट्टराईको आरोप छ ।

२०७९ को निर्वाचनमा अपेक्षित परिणाम नआएको हुनाले देशमा अहिले भ्रष्टाचार र अपराधी गतिबिधि बढेको जिकिर गर्दै भट्टराईले त्यसै कारणले पनि नेकपा एमालेले मिसन २०८४ बनाएको बताए । मिसन २०८४ निर्वाचन केन्द्रीत भएको बताउदै उक्त निर्वाचनमा स्थानिय देखि संघसम्म एमालेको नै बहुमत हुने भट्टराईले जिकिर गरेका छन् ।

 

प्रकाशित मिति : ३२ श्रावण २०८०, बिहिबार  ७ : १० बजे

खोलियो २५ वर्षदेखि थुनिएको सुन्धाराको निकास

काठमाडौं । प्राचीनस्वरूपमा पुनःरुत्थान गर्ने योजनाअनुरूप काठमाडौं महानगरपालिकाले २५ वर्षदेखि

‘नयाँ-पुरानो होइन, एजेन्डा र गन्तव्य महत्वपूर्ण’ – महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राजनीतिमा नयाँ वा

अलैँचीको निर्यात ६० प्रतिशतले बढ्यो

झापा । चालु आर्थिक वर्ष २०८२/०८३ को मङ्सिर मसान्तसम्ममा अलैँचीको

स्वामी परमानन्द सरस्वतीको सम्मानमा संस्मरणात्मक हुलाक टिकट प्रकाशन

काठमाडौं । नेपाल सरकारले सनातन वैदिक दर्शन, संस्कृत शिक्षा तथा

रास्वपाको समानुपातिक उम्मेदवार छनोट आजदेखि, ३८० आकांक्षीबीच आन्तरिक मतदान सुरु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक