४ पुस २०८२, शुक्रबार | December 19, 2025

प्राधिकरणको नयाँ नियमविरुद्ध हुम्लावासी आन्दोलित



सिमकोट । नागरिक उड्डयन प्राधिकरणले साउन १२ गतेदेखि हुम्लासहित कर्णालीका हिमाली जिल्लामा दिउँसो १२ः३० पछि उडान भर्न नपाउने नयाँ नियम ल्याएपछि हुम्लाका नागरिक आन्दोलित भएका छन् । प्राधिकरणको नियमविरुद्ध बुधबार बिहान त्यहाँका नागरिक समाज, स्थानीय तहका जनप्रतिनिधि, राजनीतिक दल, पत्रकार महासङ्घ लगायतले सिमकोट विमानस्थलमा धर्ना दिएर आन्दोलन गरेका छन् ।

प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले नीहित स्वार्थ राखेर हवाई उडानमा नयाँ नियम ल्याएको उनीहरूकोे आरोप थियो । हवाई उडान नहुँदा यहाँका नागरिक प्रत्यक्षरुपमा मारमा परेको हुम्ला होटेल व्यवसायी सङ्घका जिल्ला अध्यक्ष भीम लामाले बताए ।

प्राधिकरणको नियमका कारण हवाईजहाज र हेलिकप्टरले हुम्लामा उडान नभर्दा चार बालबालिकाको मृत्युसमेत भएको उनको आरोप थियो । प्राधिकरणले १२ः३० बजेपछि हुम्लासहित २९ वटा विमानस्थलमा हवाई उडानमा लगाएको र नयाँ निमयविरुद्ध आफू पनि आन्दोलनमा उत्रिएको नागरिक समाजका अध्यक्ष गणेश महतले बताए ।

हिजो पहिलो दिन धर्ना दिने कार्यक्रम भए पनि प्राधिकरणले निर्णय फिर्ता नलिए विमानस्थल बन्द गर्नेदेखि कडा आन्दोलनमा उत्रिने उनले बताए । जिल्ला उद्योग वाणिज्य सङ्घका अध्यक्ष नाम्ग्याल तामाङले ठाउँ र भूगोल सुहाउँदो निर्णय गर्नुपर्नेमा जोड दिए ।

हिमाली जिल्लावासीका लागि यो नियम पहिलो भए पनि अहिले लागू भएको नियमले हुम्लीवासी मारमा परेको नेपाल पत्रकार महासङ्घका जिल्ला अध्यक्ष राजन रावतले बताए । नेपाल एयरलाइन्सले उडान नभरिरहेको हुम्लामा निजी एयरलाइन्सको उडानमासमेत प्रतिबन्द लगाउँदा चार बालबालिकाको मृत्यु भएको र खाद्यान्न, दैनिक उपभोग्य सामग्रीलगायत निर्माण व्यवसायीले सामानको अभाव खेप्नुपरेको सिमकोट गाउँपालिका पूर्वअध्यक्ष पदमबहादुर लामाले बताए ।

बिहानको समय हुम्लामा पानी पर्नाका साथै बाक्लो बादल लाग्ने र ११/१२ बजेपछि मौसममा सुधार हुँदै जाने भए पनि प्राधिकरणको नयाँ नियमका कारण हवाई उडानमा रोक लागेको छ । यो नियम लागू हुनुभन्दा पहिला नेपालगञ्ज र सुर्खेतबाट निजी एयरलाइन्सले साँझ ५ बजेसम्म आफ्नो नियमित उडान गर्दै आएका थिए ।

प्रकाशित मिति : ३२ श्रावण २०८०, बिहिबार  ४ : ४१ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको