१२ पुस २०८२, शनिबार | December 27, 2025

सबै मिल्यौं भनेमात्र परिणाम आउँछ : कांग्रेस प्रवक्ता डा. महत



सिराहा । अर्थमन्त्री तथा नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले सबै मिलियो भनेमात्र परिणाम आउने बताएका छन् । सिराहमा नेपाली कांग्रेस आन्तरिक विशेष अभियान समापन समारोहलाई सम्बोधन गर्दै नेता डा. महतले भन्नुभयो, ‘कसैले पनि एक्लै परिणाम ल्याउन सक्दैन । बीपी कोइरालाले पार्टीको नेतृत्व गर्दा त गणेशमान, कृष्णप्रसाद र सुवर्णशमशेरको आवश्यकता परेको थियो । अहिले त्यस्तो कोही पनि छैन । त्यसकारण कसैले वा कुनै पुस्ताकाले म भए सबै हुन्थ्यो, अरु भएर यस्तो भन्नु बेकारको कुरा हो ।’

संस्थाको निर्णय लिएर जनताको बीचमा जानुपर्ने उनको भनाइ थियो । ‘संस्थागत कुरा सामाजिक सञ्जालमा उल्टापाल्टा गरियो भने जनता दुविधामा पर्छन् । संस्थागत निर्णय जे हुन्छ, त्यो लिएर एउटै भावनाका साथ जनताका बीचमा जानु उपयुक्त हुन्छ,’ डा. महतले भने ।

नेपाली कांग्रेसप्रति आस्था र समर्थनका बाबजुद मतदानका बेला रुपान्तरण नहुनुमा पार्टीभित्रको अनेकता जिम्मेवार रहेको उनको ठहर छ । उनले भने, ‘एकले अर्कालाई नसहने प्रवृत्ति जिम्मेवार छ । बरु अर्को पार्टीको जोसुकै होस, यो चाहिँ हुनुहुन्न, यो चाहिँ हारिजाओस् भन्ने मानसिकता हाबी छ ।’

नेपाली कांग्रेस पार्टी दुःख सुख, अप्ठ्यारो सप्ठ्यारो, प्रवाश, जेल, पुलिसको ठण्डा लोकतन्त्र र नेपाली नागरिकको अधिकार सुनिश्चित गर्नका लागि खाएको छ । आफूले चुनेको जनप्रतिनिधिले शासन गर्ने व्यवस्था र ती जनप्रतिनिधिले काम गरेनन भने हराएर अर्कोलाई निर्वाचित गर्ने व्यवस्था नेपाली कांग्रेसको अगुवाइमा भएको भन्दै उनले नेपालमा जति पनि आन्दोलन र परिवर्तन भए, नेपाली कांग्रेसको नेतृत्व बिना सम्भव नभएको दाबी गरे ।

प्रकाशित मिति : ३२ श्रावण २०८०, बिहिबार  ७ : ५० बजे

खोलियो २५ वर्षदेखि थुनिएको सुन्धाराको निकास

काठमाडौं । प्राचीनस्वरूपमा पुनःरुत्थान गर्ने योजनाअनुरूप काठमाडौं महानगरपालिकाले २५ वर्षदेखि

‘नयाँ-पुरानो होइन, एजेन्डा र गन्तव्य महत्वपूर्ण’ – महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राजनीतिमा नयाँ वा

अलैँचीको निर्यात ६० प्रतिशतले बढ्यो

झापा । चालु आर्थिक वर्ष २०८२/०८३ को मङ्सिर मसान्तसम्ममा अलैँचीको

स्वामी परमानन्द सरस्वतीको सम्मानमा संस्मरणात्मक हुलाक टिकट प्रकाशन

काठमाडौं । नेपाल सरकारले सनातन वैदिक दर्शन, संस्कृत शिक्षा तथा

रास्वपाको समानुपातिक उम्मेदवार छनोट आजदेखि, ३८० आकांक्षीबीच आन्तरिक मतदान सुरु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक