३ पुस २०८२, बिहिबार | December 18, 2025

अमेरिकाद्धारा पुटिन निकट चार रुसी नागरिक माथी प्रतिबन्ध



वासिग्टन डिसी । अमेरिकाको जो बाइडेन सरकारले चार रुसी नागरिकलाई भिसा प्रतिबन्ध लगाएको छ । यी चार व्यक्ति सन् २०२० मा रुसका विपक्षी नेता एलेक्सी नभाल्नीलाई विष खुवाउने कार्यमा संलग्न थिए । चार अभियुक्तहरू एलेक्सी अलेक्जेन्ड्रोभ, कोन्स्टान्टिन कुद्र्याभस्टेभ, इभान ओसिपोभ र भ्लादिमिर पानायेभ हुन् ।

अमेरिकी सरकारले ग्लोबल म्याग्निस्की ऐन अन्तर्गत यी चार रुसी नागरिकलाई प्रतिबन्ध लगाएको छ । यस ऐनले हत्या, यातना वा अन्य मानवअधिकार उल्लङ्घन गर्नेलाई गैरन्यायिक हिरासतमा राखेर वा उल्लङ्घन गर्नेको दलालको रूपमा काम गर्न निषेध गरेको छ ।

यी चार रुसी नागरिकलाई सन् २०२१ मा पनि फरक प्राधिकरणले प्रतिबन्ध लगाएको थियो । अमेरिकी प्रतिबन्धका कारण अब यी चार अभियुक्त र उनका परिवारका सदस्य अमेरिका प्रवेश गर्न पाउने छैनन् । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले भनेका छन्,  ‘आजको कारबाहीले अन्तर्राष्ट्रिय मानवअधिकार उल्लङ्घनका लागि मूल्य चुकाउनु पर्ने प्रमाण हो । अमेरिकाले यस्ता अपराधका लागि दोषीलाई जवाफदेही बनाइरहनेछ ।’

एलेक्सी नाभाल्नीलाई विष दिएका आरोप लागेका कुद्र्याभस्टेभ अर्को रुसी विपक्षी नेता भ्लादिमिर कारा मुर्जाको निगरानीमा पनि संलग्न थिए । भ्लादिमिर कारा मुर्जा पनि हाल रुसी जेलमा छन् ।

जानकारी होस कि एलेक्सी नाभाल्नी रूसका विपक्षी नेता हुन् र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको आलोचक मानिन्छन् । अगस्ट २०२० मा नाभाल्नी साइबेरियाको टम्स्क शहरबाट मस्कोको लागि उडानमा जाँदै थिए । उडानकै क्रममा उनलाई विष खुवाइएको थियो, जसले उनको अवस्था झनै बिग्रियो ।

अस्वस्थ्यताका कारण उनलाई उपचारको लागि जर्मनीको बर्लिन लगिएको थियो, जहाँ उनको स्वास्थ्यमा सुधार आएपछि नाभाल्नी जनवरी २०२१ मा पुनः रुस फर्किए र त्यसबेला देखि जेलमा छन् ।

प्रकाशित मिति : १ भदौ २०८०, शुक्रबार  ९ : ४३ बजे

मधेशका मुख्यमन्त्री यादवले शुक्रबार विश्वासको मत लिने, सभामुखको निर्वाचन पुस ६मा

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत

बागमती प्रदेश सरकारद्वारा पाँच महिनामा १६ अर्ब ११ करोड राजस्व सङ्कलन

बागमती । चालु आर्थिक वर्षको पाँच महिनामा बागमती प्रदेश सरकारले

एमाले महाधिवेशन : मतगणना सुरु

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनको

झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । प्रहरीले झुटो विवरण पेस गरी नागरिकता, राष्ट्रिय परिचयपत्र

रवि र छविको मुद्दामा आज पेसी

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालिन