५ पुस २०८२, शनिबार | December 20, 2025

सभामुखलाई प्रधानमन्त्रीको जवाफ- म सदन खुलाउन भूमिका खेल्छु



काठमाडौं । संघीय संसदमा देखिएको अवरोध हटाउने विषयमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका छन् । शुक्रबार बिहान बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा पुगेका सभामुख घिमिरेले प्रधानमन्त्री प्रचण्डसँग सदनको अवरोध हटाउने विषयमा छलफल गरेका हुन् ।

आफ्नो पहलले सार्थक परिणाम नदिएको र शीर्ष दलहरुबीच पनि सहमति नभएको भन्दै सभामुख घिमिरेले सदनको अवरोध हटाउन भूमिका खेल्न प्रधानमन्त्रीलाई आग्रह गरे ।

‘सदन नचल्नु राम्रो भएन । माननीयहरुले बोल्न समय माग्नुभएको छ । प्राकृतिक विपत्ति लगायतका धेरै विषयमा माननीयहरुले बोल्न पाइनँ भन्नुहुन्छ । दलीय सहमतिबिना सदन अगाडि बढ्न सक्ने स्थिति छैन,’ सभामुख घिमिरेले भने, ‘आम जनताले पनि सदन अवरोधलाई राम्रो मानेका छैनन् । कम्तिमा सदन खुलाउन सत्तापक्ष र प्रतिपक्षले गम्भीरतापूर्वक छलफल गरिदिनुहोस् । समितिको नेतृत्व चयन हुन सकेको छैन । संसदमा कानुन निर्माण भएनन् भन्ने गुनासो छ ।  सभामुखको रुपमा मैले सहमतिका लागि जिम्मेवारीपूर्वक पहल गरेको छु । तर, परिणाममा निस्किन सकेन । शीर्ष नेताहरु नै घण्टौं बस्दा पनि सहमति भएन ।’

जवाफमा प्रधानमन्त्री प्रचण्डले सदनको अवरोध अन्त्य गराउन आफूले भूमिका खेल्ने बताए । ‘म पनि सदन खुलाउन भूमिका खेल्छु । तपाईं पनि लाग्नुहोस् । छिट्टै सहमति गर्नैपर्छ । म प्रमुख विपक्षी दलको नेतासँग थप पहल गर्छु,’ प्रधानमन्त्री प्रचण्डले भने ।

प्रकाशित मिति : १ भदौ २०८०, शुक्रबार  १० : ५० बजे

सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने कुलमानको धारणा

काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले नारायणी नदीबाट तल्लो तटीय क्षेत्रमा

प्रचण्ड भन्छन् – ‘कम्तीमा एक लाख अट्ने खुला मञ्च नहुनु देशकै लज्जा हो’

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

मधेस प्रदेशसभा : सभामुख पदका लागि नाम दर्ता

धनुषा । मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी

‘जेनजी’ कसैको पेवा हैन, त्यसको नाममा हुने स्टन्ट नगरे हुन्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

केपीलाई ईश्वरको प्रष्ट सन्देशः ‘विभाजन स्वीकार्य छैन, आत्मसमर्पण पनि हुँदैन’

काठमाडौं । नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीभित्र विभाजन अस्वीकार्य