२३ मंसिर २०८२, मंगलबार | December 10, 2025

अब श्रम विभागका सम्पूर्ण सेवा अनलाइनमार्फत



काठमाडौँ । सरकारले श्रम तथा व्यवसायजन्य सुरक्षा विभागलाई पूर्ण ‘डिजिटाइज’ गरी सम्पूर्ण सेवा अनलाइनमार्फत प्रवाह सुरु गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आज आयोजित कार्यक्रममा मन्त्री शरतसिंह भण्डारीले एकीकृत श्रम व्यवस्थापन सूचना प्रणालीको शुभारम्भ गरे ।

विभागले उक्त प्रणालीमार्फत विभाग तथा मातहत निकायबाट प्रवाह हुने सेवा अनलाइनबाट प्रदान गर्न थालेको छ । ट्रेड युनियन दर्ता, नवीकरण, नेपालमा काम गर्ने विदेशी श्रमिकको श्रम स्वीकृति, श्रमिक आपूर्तिकर्ताको दर्तारनवीकरण, व्यवसायजन्य दुर्घटना विवरण दर्ता, श्रम अडिट पेस र प्रतिष्ठान दर्तालगायत सेवा अनलाइनमार्फत गर्न सुरु गरिएको विभागका निर्देशक मणिनाथ गोपले जानकारी दिए ।

विभागमार्फत प्रदान हुने सेवा धधध।ष्mिष्क।मययिक।नयख।लउ बाट लिन सकिनेछ । विभागले विदेशी नागरिकको श्रम इजाजत, श्रमिक आपूर्तिकर्ता र ट्रेड युनियनसम्बन्धी कार्य गर्दै आएको छ । सूचना व्यवस्थापन प्रणालीबाट विदेशी नागरिकलाई श्रम स्वीकृति प्रदान गर्ने र खारेजी गर्ने, श्रमिक आपूर्तिकर्ताको इजाजतपत्र जारी, नवीकरण, सेवा तथा कार्यक्षेत्र परिवर्तन र थपघट, इजाजतपत्र खारेजीलगायतको काम हुनेछ ।

यस्तै श्रम अडिट पेश गर्ने, व्यवसायजन्य दुर्घटनाको विवरण दर्ता, प्रतिष्ठान तथा श्रमिकको तथ्याङ्क अद्यावधिक, श्रम विवादसम्बन्धी निवेदन दर्ता, ट्रेड युनियन दर्ता तथा नवीकरण, नाम परिवर्तन, खारेजी र विधान संशोधनलगायतको गर्न सकिने छ । यसअघि उक्त सेवा विभाग वा मातहतका कार्यालयमा भौतिकरुपमा उपस्थित भएर लिनुपर्ने अवस्था थियो । विभागले भद्रपुर, विराटनगर, जनकपुर, वीरगञ्ज, हेटौँडा, टेकु, पोखरा, बुटवल, नेपागन्ज, सुर्खेत र धनगढीस्थित कार्यालयबाट सेवा प्रवाह गर्दै आएको छ ।

अनलाइनबाट सेवा प्रवाह हुन थालेपछि सेवाग्राहीलाई विभाग वा कार्यालयमा पटकपटक आइरहनुपर्ने झन्झटबाट मुक्ति मिल्ने, समयको बचत हुने, अभिलेख व्यवस्थित हुने, ‘पेपरलेस र फेसलेस’ सेवा प्रदान, सहजरुपमा तथ्याङ्क प्राप्त हुने प्रतिष्ठान तथा श्रमिकको तथ्याङ्क अद्यावधिक हुने विभागका महानिर्देशक केशवप्रसाद विमलीले जानकारी दिए ।

विभागले गत आर्थिक वर्षमा ९७ देशका दुई हजार नौ सय ९८ विदेशी नागरिकलाई श्रम इजाजत प्रदान गरेको छ । विभागका अनुसार गत आवमा ५२ वटा श्रमिक आपूर्तिकर्ता इजाजतपत्र प्रदान, तीन सय ६१ वटा नवीकरण, दुई वटा ट्रेड युनियन महासङ्घ दर्ता, १८ वटा ट्रेड युनियन दर्ता, ६१ वटा ट्रेड युनियन नवीकरणलगायतको काम सम्पन्न गरेको थियो ।

श्रम बजारलाई व्यवस्थितः मन्त्री भण्डारी

कार्यक्रममा श्रम मन्त्री भण्डारीले अनलाइन प्रणाली कार्यान्वयनमा आएसँगै नेपालको श्रम बजार व्यवस्थित र मर्यादित हुने बताए । उनले सुशासनको अनुभूति दिन गरी सेवा प्रवाहलाई छिटो, छरितो र पारदर्शी बनाउने उद्देश्यले अनलाइन प्रणाली सुरु गरिएको जनाए ।

“सेवा प्रवाहलाई डिजिटाइजेसन गर्ने उद्देश्यले मन्त्रालय मातहतका सबै सेवा अनलाइन प्रणालीमा लगिएको हो”, उनले भने । स्थानीय तहमा रहेका रोजगार सेवा केन्द्रलाई सवलीकरण गरी वैदेशिक रोजगार, आन्तरिक रोजगारी र सीप परीक्षणसम्बन्धी सेवालाई स्थानीय तहमा पुर्‍याइने उनको भनाइ थियो ।

विभागका महानिर्देशक विमलीले विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्ने उद्देश्यका साथ देशभरका सबै कार्यालयबाट अनलाइन सेवा सुरु गरिएको बताए । अनलाइन प्रणालीको सञ्चालनसँगै छिटोछरितो सेवा प्रवाह हुने, व्यवसायस्थलबाटै सेवा प्राप्त गर्न सकिने उनको भनाइ छ ।

प्रकाशित मिति : १ भदौ २०८०, शुक्रबार  २ : ०८ बजे

दार्चुला जिल्लाको उत्तरी क्षेत्र कालापानी आसपास केन्द्रविन्दु भएर भूकम्प

काठमाडौँ । दार्चुला जिल्लाको उत्तरी क्षेत्र कालापानी र चीनको नाका

नबिल बैंक र त्रिभुवन विश्वविद्यालयबीच ‘नबिल एसएसई’ कार्यक्रम नवीकरण सम्झौता

काठमाडौँ । नबिल बैंक लिमिटेड र त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायबीच

पार्टीभित्रको आन्तरिक विवाद समाधान गर्न नसक्ने नेतृत्वले मुलुकको नेतृत्व गर्न नहुने : उपाध्यक्ष शाक्य

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले

नेपालगन्जको एउटै अस्पतालमा १७४ नयाँ कुष्ठरोगी फेलापरे

नेपालगन्ज । नेपालगन्जको एउटै अस्पतालमा उपचारका लागि आएका मध्य १७४

‘जेनजी सहिद’ का सपना पूरा गर्नु नै सरकारको प्रमुख दायित्व होः मन्त्री अर्याल

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले ‘जेनजी सहिद’ योद्धाका अधुरा सपना