२० भदौ २०८३, शनिबार | September 5, 2026

कोशी प्रदेशकी उपसभामुख ‘बिरामी भएको’ भन्दै काठमाडौं हिडेपछि गठबन्धन सरकार संकटमा



विराटनगर, । कोशी प्रदेशकी उपसभामुख उपसभामुख सिर्जना दनुवार ‘उपचारका लागि’ काठमाडौं हिडेकी छिन ।जसका कारण सभामुख बाबुराम दाहाललाइ राजिनामा गर्न लगाएर पुनः मुख्यमन्त्री भएका उद्दव थापाको सरकारले विश्वासको मत लिने बैठक अन्यौलमा परेको छ ।

आज दिउँसो १ बजे कोशी प्रदेशको प्रदेश सभा बैठक बस्दैछ, उपसभामुख दनुवार काठमाडौं हिडेपछि बिहान ७ बजे बोलाइएको कार्य ब्यवस्था समितिको बैठक अझै सुचारू हुन सकेको छैन । कोशी प्रदेशको मुख्यमन्त्री उद्धब थापाले विश्वासको मत लिनका लागि आज सो बैठक बस्न लागेको थियो ।

उपसभामुख अनुपस्थित भए जेष्ठ सदस्यले सभा सञ्चालन गर्ने व्यवस्था भए पनि एमाले र राप्रपाका आठ जना ज्येष्ठ सदस्य बिदामा बसेका छन् । यसो हुँदा अब सत्ता पक्षकै सांसदले सभाको अध्यक्षता गर्नुपर्ने हुन सक्छ । त्यस्तो अवस्थामा प्रदेश सरकारले विश्वासको मत पाउन सक्दैन ।

तत्कालिन सभामुखलाई राजिनामा दिलाएर पुनः मुख्यमन्त्री नियुक्त भएका थापाले आज विश्वासको मत लिन लागेका हुन  तर, विश्वासको मत लिने बैठकमा सभामुख रिक्त भए पछि सो बैठकको अध्यक्षता उपसभामुख सिर्जना दनुवारले गर्ने भनिए पनि उनी काठमाडौं हिडेपछि अन्यौल बढेको सत्तारूढ दलका नेताहरुले जनाउँदै आएका छन् । सो बैठक अघि नेकपा एमाले र राप्रपाका ८ जना सांसदले ‘बिरामी’ भन्दै बिदा लिए पछि थापाको सरकार थप संकटमा परेको छ । मुख्यमन्त्री थापाले १३ गतेसम्म विश्वासको मत नपाएमा स्वतः पदमुक्त हुने जनाईएको छ ।

उता, राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले भने सरकार टिकाउनका लागि राप्रपाका कोशी प्रदेशका सांसदलाई १० करोडसम्मको अफर गरेको सार्वजनिक गरिरहेको बेला थापा नेतृत्वको सरकार पुनः संकटमा परेको हो । यसअघि सभामुखको समेत मत जोडेर मुख्यमन्त्री नियुक्त भए पछि सर्वोच्च अदालतले उनको नियुक्तीलाई मान्यता दिएको थिएन ।

प्रकाशित मिति : ४ भदौ २०८०, सोमबार  १० : ५६ बजे

प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी सङ्कलन

काठमाडौँ । रसुवाका बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम

भोटेकोशी बाढीपछि बेपत्ता भएका आफन्तको पर्खाइमा नेपालगन्जका अनलाल

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका-२० थपुवा निवासी अनलाल रोकाय रसुवाको भोटेकोशी

मुस्ताङको टुकुचेमा कालीगण्डकीले कटान गरेपछि गाउँ पहिरोको जोखिममा

मुस्ताङ । कालीगण्डकी नदी कटानका कारण मुस्ताङको थासाङ गाउँपालिका १

भगवती जात्राले राष्ट्रिय स्वाभिमान र सांस्कृतिक पहिचान बलियो बनाएको छ : मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पाल्पामा मनाइने रणउजीरेश्वरी

बाढीप्रभावित क्षेत्रमा डिएनए नमूना सङ्कलन केन्द्र सञ्चालन

नुवाकोट ।  भोटेकोशी नदीमा आएको बाढीमा परेर हराइरहेका व्यक्तिको पहिचानका