९ चैत्र २०८२, सोमबार | March 24, 2026

आँखा पाक्ने रोगमा ‘इन्टेरो भाइरस’ सङ्क्रमण धेरै



काठमाडौं । नेपालमा अहिले देखिएको आँखा पाक्ने रोग (भाइरल कन्जङ्क्टिभाइटिस) मा इन्टेरो भाइरस सङ्क्रमण बढी भएको पाइएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको १० नमूना परीक्षणमा ८० प्रतिशतमा इन्टेरो भाइरस सङ्क्रमण देखिएको प्रयोगशालाका सूचना अधिकारी कृष्णप्रसाद जैसीले जानकारी दिए । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट नमूना सङ्कलन गरिएको थियो ।

यसअघि प्रयोगशालाले गरेको नमूना परीक्षणमा एडिनो भाइरस देखिएको थियो । यस्तै प्रयोगशालाले सातवटै प्रदेशमा रहेका अस्पतालबाट आँखा पाक्ने रोगको भाइरसको नमूना सङ्कलन गरेर पठाउन आग्रह गरेको छ । प्रयोगशालाले नेत्र ज्योति सङ्घलाई प्रत्येक प्रदेशबाट एक सय ५० नमूना सङ्कलन गरेर पठाउन निर्देशन दिएको सूचना अधिकारी जैसीले जानकारी दिए ।

आँखा पाक्ने रोगका लक्षण आँखा रातो हुनु र चिलाउने, आँखाबाट आँसु बगिरहने वा कचेरा÷चिप्रा लाग्ने, आँखाको ढकनी रातो हुनु, सुन्निने, आँखा बिझाउने/दुख्ने र घाममा वा उज्यालोमा हेर्न गाह्रो हुनेजस्ता समस्या भाइरल कन्जङ्क्टिभाइटिसमा हुने गर्दछ ।

भाइरल कन्जङ्क्टिभाइटिस सङ्क्रमण भएपछि जथाभावी आँखा नछुने, आँखा छुनु परेमा साबुन पानीले राम्ररी हात धुने गर्नुपर्दछ । यस्तै बाहिर घाममा निस्कँदा कालो चस्मा प्रयोग गर्ने, सङ्क्रमित व्यक्तिले प्रयोग गरेका सामान अन्य व्यक्तिलाई प्रयोग गर्न नदिने जस्ता स्याहार आँखाको गर्नुपर्दछ ।

प्रकाशित मिति : ५ भदौ २०८०, मंगलबार  २ : २० बजे

भूमि आयोगद्वारा नेपालगन्जमा जग्गा नापजाँच सुरु

नेपालगन्ज । भूमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले नेपालगञ्ज

मध्यपूर्व क्षेत्रमा हवाई क्षेत्र प्रतिबन्धका कारण छवटा उडान रद्द

काठमाडौँ । मध्यपूर्व क्षेत्रमा हवाई क्षेत्र प्रतिबन्धका कारण आज त्रिभुवन

रास्वपाले बोलायो केन्दीय समितिको बैठक, संसदीयदलको नेता चयन गर्ने एजेण्डा

काठमाडौं । जननिर्वाचित नयाँ सरकार गठनको तयारीमा रहेको राष्ट्रिय स्वतन्त्र

कर्तव्य ज्यान मुद्दाका बाल बिज्याईकर्ता पक्राउ

बुटवल । गत चैत्र ३ गते बीभत्स तरिकाले हत्या गरिएकी

नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान

काठमाडौं । नबिल बैंक लिमिटेडले ‘ग्लोबल मनी विक’ अभियानअन्तर्गत ११